Top Ad unit 728 × 90

a
Ad Inside Post

अमेरिकी राजदूतको प्रष्टिकरण, ‘हामी भारतीय आँखाले नेपाल हेर्दैनौं’

नेपालका लागि अमेरिकी राजदूत अलइना वि टेप्लिजले अमेरिकाले नेपाललाई अमेरिकी आँखाबाट नै हेर्दै आएको र त्यसरी नै हेर्ने बताएकी छन् । त्रिभुवन विश्व विद्यालयमा आयोजित ‘अमेरिकी विदेश नीति र दक्षिण एसिया’ विषयमा आफ्नो धारणा राख्दै त्यसै सम्बन्धी सवाल जवाफमा उनले यस्तो बताएकी हुन् ।
हरेक मुलुकसँग आफ्नै नीति हुने र त्यही अनुरुप अमेरिकाले पनि आफ्नै नीतिबाट हेर्ने बताएकी हुन् । नेपालमा अमेरिकाले भारतको आँखाबाट हेर्ने भन्ने जिज्ञासा धेरै आउँने गरेको बताउँदै उनले भनिन, ‘नेपाललाई हामी हाम्रै आँखाले हेर्छौ । यदि अर्काका आँखाबाट हेर्ने नीति हँुदो हो त नेपालमा दूतावास नै रहँदैन थियो होला । हाम्रो सम्बन्ध छ । दूतावास छ । यति धेरै अमेरिकीहरु नेपालसँगको सहकार्यमा काम गरिरहेका छौ ।’
यस्तो जिज्ञासाले अफूलाई आश्चर्य पार्ने गरेको समेत उनले बताइन । अमेरिकाले कुनै मुलुकलाई हेर्ने नीतिमा भारत वा अन्य कुनै मुलुकबाट कहिल्यै ‘आउटसोर्सिङ’ नगरेको स्पष्ट पारिन् ।   
नेपाल हाम्रो विश्वासिलो र पुरानो मित्र मुलुक हो भन्दै उनले नेपालको स्थायित्व, विकास र समृद्धिमा अमेरिकी चाहना रहेको स्पष्ट पारिन् ।
त्रिभुवन विश्व विद्यालयका एक विद्यार्थीले नेपाललाई अमेरिकाले भारतीय आँखाबाट हेरेको तर नेपालमा किन यति ठूलो दूतावास रहेको भन्ने जिज्ञासामा उनले भनिन, ‘दूतावासको साइज ठूलो या सानो त्यो प्राथमिकताको आधारमा तय हुन्छ । यहाँले भन्न खोज्नु भएको भारतीय आँखाबारे मैले आरम्भमा नै भनिसके । हामी आफ्नै आँखाले हेर्छौ कसैको साथमा आफ्नो परराष्ट्र नीति अघि बढाउँदैनौ ।’
छिमेकी भारत र चीनले गरिरहेको प्रगतिबाट नेपालले धेरै फाइदा लिन सक्ने उनले बताइन् ।
यो क्षेत्रमा क्षेत्रिय व्यापार विस्तार, लागानीको वातावरण र असल शासनको संयोजन हुन सके विश्व नै दक्षिण एसियामा केन्द्रित हुने उनले बताइन् ।
‘नेपाल चीनलाई दक्षिण एसिया जोड्ने स्थानमा छ’, उनले भनिन्, ‘सबैतिर सम्पर्क बढाएर अघि बढे नेपाल यो क्षेत्रकै सबैभन्दा माथि रहन्छ ।’

अमेरिकी राजदूतको प्रष्टिकरण, ‘हामी भारतीय आँखाले नेपाल हेर्दैनौं’ Reviewed by a on 6:17 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.