यातायात व्यावसायीसँगको वार्ता लम्बियो, भोली चक्काजाम नहुने -
काठमाडौं–सडक नियमविपरित सवारी चलाउनेलाई गरिने जरिवाना विृद्धिको विरोधमा चक्काजाम गरेका यातायात व्यावसायी र सरकारबीचको आजको वार्ता भोली पुनः बस्नेगरी स्थगित भएको छ ।
यातायात व्यवस्था विभागमा बसेको वार्ता भोली शुक्रबार बिहान १० बजे पुनः बस्नेगरि स्थगित भएको हो । वार्ताकाक्रममा व्यवासायीले आगामी दिनमा चक्काजाम तथा बन्द लगायतका काम नगर्ने जानकारी दिएको विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शुक्रबार बस्ने वार्ताको निर्णयपछि मात्र दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने बताए । उनले सरकारले आज गिरफ्तार गरेका सबै ५ सय मजदुरलाई बिनासर्त छाडेको समेत जानकारी दिए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले शुक्रबार बस्ने वार्ताको निर्णयपछि मात्र दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा हुने बताए । उनले सरकारले आज गिरफ्तार गरेका सबै ५ सय मजदुरलाई बिनासर्त छाडेको समेत जानकारी दिए ।
यातायात व्यावसायीसँगको वार्ता लम्बियो, भोली चक्काजाम नहुने -
Reviewed by a
on
8:44 AM
Rating:
No comments: