Top Ad unit 728 × 90

a
Ad Inside Post

चीनमा ४ सयभन्दा बढी शैक्षिक संस्था नक्कली

पेचिङ् (चीन) । चीनमा नक्कली र जाली शैक्षिक संस्थाको बिगबिगी रहेको राज्यनियन्त्रित समाचार संस्थाले बताएको छ । सिन्ह्वाले विद्यार्थीलाई उच्च शिक्षा प्रदान गर्ने संस्थाहरूको चयनमा मद्दत गर्ने वेबसाइट एस्डीएएक्सयुई डट कमले सार्वजनिक गरेको सूची उद्धृत गर्दै एक समाचार लेखेको छ । जसअनुसार चीनभरि नक्कली शैक्षिक संस्थाहरूको सङ्ख्या ४ सयभन्दा माथि छ । नक्कली शैक्षिक संस्थाहरूले सक्कली शैक्षिक संस्थाको जस्तै सुनिने नाम प्रयोग गरेर विद्यार्थीलाई भ्रमित बनाउने गरेको बताइएको छ । अधिकांश नक्कली संस्थाले सक्कली संस्थाकै नामलाई थोरै हेरफेर गरेर प्रयोग गरेको पनि पाइएको छ ।
एसडासुये वेबसाइटका अनुसार ७३ ओटा चिनियाँ विश्वविद्यालय र कलेजलाई डिप्लोमा पढाउने मान्यता नै नदिइएको खुलासा भएको छ । वेबसाइटले सन् २०१३ देखि नै नक्कली विद्यालयको सूची वार्षिक रूपमा सार्वजनिक गर्दै आइरहेको छ । सूचीमा ४ सयभन्दा बढी जाली शैक्षिक संस्था रहेको सिह्वाले बताएको छ । सूचीअनुसार चीनका कयौं शीर्ष विश्वविद्यालयहरू रहेको पेचिङ्मा नै २३ ओटा नक्कली विद्यालय छन् । सूचीमा दोस्रो स्थानमा रहेको साङतोङमा आठ र साङ्हाईमा भने सातओटा नक्कली कलेज रहेकोे देखाइएको छ ।
वास्तविक शैक्षिक संस्थाको नाम जस्तै नाम भएका यी नक्कली संस्थाका सम्बन्धन नक्कली र निकै पुरानो भएकोसमेत बताइएको छ । ७३ ओटामध्ये ६६ ओटा जाली कलेज शिक्षा मन्त्रालयले सार्वजनिक गर्ने कलेजको सूचीमै नभएको र ६ ओटाले चाहिँ वैधानिक कलेजकै पुरानो नाम प्रयोग गरेको एसडासुयेले बताएको छ । यस्ता नक्कली शैक्षिक संस्थाको खोजतलास गर्न र यसलाई बन्द गर्नका लागि शैक्षिक अधिकारीहरूले पेचिङ्मा प्रहरीसँग सहकार्य गरिरहेको बताइएको छ । रासस
 
चीनमा ४ सयभन्दा बढी शैक्षिक संस्था नक्कली Reviewed by a on 9:06 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.