बेयरको ६२ अर्बको प्रस्ताव मोन्साण्टोद्वारा अस्वीकार
वाशिङटन डीसी (अमेरिका) । अमेरिकी कृषि कम्पनी मोन्साण्टोले जर्मन प्रतिद्वन्द्वी बेयर एजीको प्रस्ताव अस्वीकार गरेको छ । बेयरले आपूmलाई विश्वको सबैभन्दा ठूलो बिजक तथा कीटनाशक औषधि आपूर्तिकर्ताका रूपमा स्थापित गर्नका लागि ६२ अर्बमा मोन्साण्टो किन्ने प्रस्ताव गरेको थियो । तर, बेयरले तिर्न चाहेको रकम पर्याप्त नभएको भन्दै कम्पनीले प्रस्ताव मानेको छैन । बेयरले कम्पनीको मूल्य अति नै कम दिएका मोन्साण्टोका कार्यकारी अधिकृत ह्युज ग्राण्टले भनेका छन् ।
यो प्रस्तावलाई कम्पनीले स्वीकारे पनि नियामकहरूले यसलाई मञ्जुरी नदिने उनको भनाइ छ । प्रस्ताव अस्वीकार भएपछि न्यूयोर्कमा मध्याह्नको कारोबारमा मोन्साण्टोको शेयर ३ दशमलव १ प्रतिशतले बढेर प्रतिकित्ता १ सय ९ डलर ३० सेण्टमा पुगेको थियो । उता, फ्र्याङ्कफर्टमा बेयरको शेयर मूल्य पनि ३ दशमलव २ प्रतिशतले बढ्दै प्रतिकित्ता ७ यूरो १५ सेण्ट कायम भएको थियो । एजेन्सी
बेयरको ६२ अर्बको प्रस्ताव मोन्साण्टोद्वारा अस्वीकार
Reviewed by a
on
8:58 AM
Rating:
No comments: