अमेरिकामा नयाँ घरको विक्री ८ वर्षकै उचाइमा
वाशिङटन डीसी (अमेरिका) । सन् २०१६ को अप्रिल महीनामा अमेरिकामा एकल परिवारको नयाँ घरमा भएको विक्री ८ वर्षकै उचाइमा पुगेको छ भने यो वृद्घि २४ वर्षयताकै तीव्र रहेको एक तथ्याङ्कले देखाएको छ ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नयाँ घरको विक्री कीर्तिमानी स्तरमा पुग्नुले त्यहाँको अर्थतन्त्रले स्थायित्व पाएको सङ्केत आउनुका साथै यसले आर्थिक सम्भावनाप्रतिको मनोबलमा भइरहेको वृद्घिप्रति पनि इङ्गित गरेको बताइएको छ । यसले पनि अमेरिकी केन्द्रीय बैङ्क फेडरल रिजर्भ (फेड)को ब्याजदर वृद्घिको सम्भावनालाई थप बलियो पारेको विश्लेषण गरिएको छ ।
उपभोक्ताहरूले आफ्नो दैनिक जीवनमा चाहिने ठूलाभन्दा ठूला वस्तुहरू खरीद गरिरहेकाले यसले उनीहरूको मनोबलबारे बताएको अनुमान गरिएको छ । अप्रिलमा नयाँ घरको विक्री १६ दशमलव ६ प्रतिशतले बढेर ६ लाख १९ हजार एकाइमा उक्लिएको तथ्याङ्क छ । घर विक्रीको यो आकार सन् २००८ को जनवरीयताकै उच्च हो । त्यस्तै विक्री प्रतिशतमा भएको वृद्घि सन् १९९२ को जनवरीयताकै तीव्र रहेको मन्त्रालयले बताएको छ । एजेन्सी
अमेरिकामा नयाँ घरको विक्री ८ वर्षकै उचाइमा
Reviewed by a
on
8:46 AM
Rating:
No comments: