नेपाली ब्यानरमा अंग्रेजी flim
अस्ट्रेलियामा रहेर नेपाली फिल्म र भिडियोहरू निर्माण गरिरहेको एल्प इन्टरटेनमेन्टले पहिलोपटक अंग्रेजी फिल्म निर्माण गरेको छ ।
यसअघि नेपाली फिल्म ‘ऋतु’ निर्माण गरिसकेको उक्त संस्थाले स्थानीय कुल बनाना कम्पनीसँग साझेदार गरेर ‘रिडेम्पसन’ नामक अंग्रेजी फिल्म निर्माण गरेको हो । यही नोभेम्बरमा अस्ट्रेलिया र नेपालमा रिलिज गर्न लागिएको फिल्ममा सबै विदेशी कलाकार नै छन् ।
सबै सुटिङ अस्ट्रेलियामा गरिएको फिल्ममा यहाँका साना फिल्म र सिरियलहरूमा अभिनय गरिसकेका नायक बेन हेमिल्टन र सेजलीले मुख्य भूमिका निभाएका छन् भने मनोज अधिकारी र सविन ज्ञवालीले फिल्म निर्माण गरेका हुन् ।
भोमा लिम्बू सहायक निर्माता रहेको फिल्मका अन्य सबै कलाकारहरू र प्राविधिकहरू अंग्रेजी पृष्ठभूमिका छन् । अस्ट्रेलियाबाट नेपाली ब्यानरमा निर्माण गरिएको यो नै पहिलो अंग्रेजी फिल्म भएको निर्माताहरूको दाबी छ ।
‘नेपाली ब्यानरमा समेत अंग्रेजी फिल्म निर्माण गर्न सकिन्छ भन्ने उदाहरण दिन हामीले हिम्मत गरेका हौं,’ निर्माता अधिकारीले भने, ‘यसलाई अस्ट्रेलिया र नेपालका हलहरूमा एकैसाथ रिलिज गर्ने योजनामा छौं ।’
‘ऋतु’ लाई निर्देशन गरेर ठूलो पर्दामा पाइला राखेका अधिकारी र न्युयोर्क फिल्म एकेडेमीबाट फिल्म निर्माण अध्ययन गरेका ज्ञवालीले नेपाली फिल्म ‘दोख’ समेत निर्माण गरेका छन् ।
मुस्लिम परिवारमा हुर्किएकी युवतीको खुल्ला वातावरणमा जीवन जिउने चाहनाले घर छोडेपछि त्यससँगै आइपर्ने विभिन्न बाधा–अड्चनको वरिपरि फिल्मको कथा घुमेको निर्माण पक्षले बताएको छ ।
मुस्लिम परिवारमा हुर्किएकी युवतीको खुल्ला वातावरणमा जीवन जिउने चाहनाले घर छोडेपछि त्यससँगै आइपर्ने विभिन्न बाधा–अड्चनको वरिपरि फिल्मको कथा घुमेको निर्माण पक्षले बताएको छ ।
नेपाली ब्यानरमा अंग्रेजी flim
Reviewed by a
on
8:16 PM
Rating:
No comments: