Top Ad unit 728 × 90

a
Ad Inside Post

राष्ट्रपतिको भारत भ्रमण चाँडै: परराष्ट्रमन्त्री

काठमाडौं : उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण चाँडै हुने जानकारी भारतीय पक्षलाई गराएका छन्।
भारतको तीनदिने भ्रमण सकेर आइतबार स्वदेश फर्केका मन्त्री थापाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै त्यस्तो बताएका हुन्।नयाँदिल्लीमा रहँदा भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग भेट गरेका मन्त्री थापाले नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, संविधान कार्यान्वयनको अवस्थाका बारेमा जानकारी गराएको बताए।
नेपालको आन्तरिक राजनीतिक मामिलाका बारेमा आफूले जहिले पनि भारतबाट 'प्रेस्क्रिप्सन' लिन नहुने बताउँदै आएको उल्लेख गर्दै मन्त्री थापाले भने, 'नेपालको आन्तरिक मामिलाका बारेमा मैले पहिले पनि भनेको छु, भारतीय नेताहरूसँग बसेर छलफल गरी उनीहरूसँग प्रेस्क्रिप्सन ल्याएर हामीले काम गर्ने भन्ने मानसिकताबाटै हामी मुक्त हुनुपर्छ।'
राष्ट्रपति भण्डारीको भ्रमण अन्तिम समयमा स्थगित भएको कारणले गर्दा भारतका तर्फबाट केही चित्त दुखाइ रहेको आफूले पाएको उनले बताए। 'मैले उहाँहरूलाई प्रस्ट पारें, नेपालमा जुन किसिमको एउटा राजनीतिक अस्थिरता देखापरिरहेको थियो, त्यो बेलामा राष्ट्रपति भण्डारीको उपस्थिति नेपालमा हुनु आवश्यक थियो। त्यही कारणले गर्दा मात्रै राष्ट्रपतिको भ्रमण रद्द भएको हो', मन्त्री थापाले भने।
तयारी भइसकेपछि अन्तिम समयमा राष्ट्रपतिको भ्रमण स्थगित हुँदा भएको असुविधाप्रति आफूले भारतीय पक्षसँग दु:ख प्रकट गरेको बताए। 'चाँडै नै यो भ्रमण हुनेबारेमा म विश्वस्त पनि छु भन्ने कुरा पनि राखें', थापाले भने। नेपाल र भारतका राष्ट्रपतिले एकअर्काको देशमा उपयुक्त समय मिलाएर भ्रमण गर्ने समझदारी बनेको उनले दाबी गरे।
भारत भ्रमणका क्रममा थापाले भारतका पूर्वप्रधानमन्त्री एवं कांग्रेस आईका नेता डा.मनमोहन सिंहसँग पनि भेट गरेका थिए। साथै थापाले दक्षिणएसियाली विश्वविद्यालयको पहिलो दीक्षान्त समारोहको अध्यक्षता गरेका थिए।
शुक्रबार भारत भ्रमणमा गएका थापाले विदेशमन्त्री स्वराजसँगको भेटमा नेपाल र भारतबीचको संयुक्त आयोगको बैठक आगामी अगस्ट महिनाको मध्यमा आयोजना गर्ने विषयमा कुराकानी भएको बताए।

राष्ट्रपतिको भारत भ्रमण चाँडै: परराष्ट्रमन्त्री Reviewed by a on 11:40 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.