Top Ad unit 728 × 90

a
Ad Inside Post

'नयाँ शक्तिले एमालेबाहेकलाई धक्का दिन सक्छ'

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पार्टीप्रति आग्रह र पूर्वाग्रह नराख्ने दाबी गर्दै बाबुरामको नयाँ शक्तिले एमालेबाहेक अरू पार्टीलाई धक्का दिनसक्ने बताए।
उनले नयाँ शक्तिले देशको आर्थिक उन्नति र विकासमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको पनि बताए।ओलीलाई जबाफ दिँदै भट्टराईले आफूहरू कुखुराजस्तो जमिनमा खोस्रने पार्टी नभएर आकाशमा उडने चिलजस्तो दाबी गरे।
'नयाँ शक्ति कसैको विरुद्ध खडा भएको पार्टी होइन। प्रधानमन्त्रीले एमालेबाहेक अरू दलबाट तानिने बताउनुभयो। हामी कसैलाई तान्ने र लोभ्याउने होइन', भट्टराईले भने,'हामी एजेन्डामा नेतृत्व गर्छौं। हामी कसैको भाग खोस्दैनौं र कसैलाई तल तान्दैनौं। आगामी चुनावमा स्वस्थ प्रतिस्पर्धा गर्छौं। जालझेल, षड्यन्त्र गर्दैनौं र एक नम्बरको शक्ति बनेर मुलुकको नेतृत्व गर्नेछौं।'

'नयाँ शक्तिले एमालेबाहेकलाई धक्का दिन सक्छ' Reviewed by a on 11:29 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.