विप्लव माओवादीले एनसेलको टावर जलाए
गोरखाः नेत्र विक्रम चन्द विप्लव माओवादीका कार्यकर्ताहरुले गोरखामा एनसेलको एउटा मोबाइल फोन टावरमा आगजनी गरेका छन् ।
गोरखाको अश्र्राङ गाविस–७ ठामडाँडामा रहेको एनसेलको मोबाइल टावरमा आज बिहान तीनजनाको समूमा आएका विप्लव माओवादी कार्यकर्ताले शनिबार बिहान १० बजे आगजनी गरेका हुन् ।
तीनजनाको समूहमा आएका अपरिचित युवाहरुले जेनेरेटरमा पेट्रोल छर्केर टावरमा आगजनी गरेको स्थानीयबासी टेकराज पाण्डेले जानकारी दिए ।
एनसेलको टावर कहाँ छ भन्दै आएका उनीहरुले आफूहरु टावर बनाउने मान्छे भएको बताएका थिए ।
गाउँलेले टावर भएको स्थान चिनाइदिएपछि मिनरल वाटारको बोत्तलमा ल्याएको पेट्रोल छर्केर उनीहरुले टावरमा आगो लगाएका जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी वीरेन्द्र थापाले बताए ।
टावरमा लगाइएको आगो स्थानीयबासी र प्रहरी चौकी बोर्लाङको टोलीले केहीबेरपछि नियन्त्रणमा लिएका थिए ।
आगजनी गरेपछि उनीहरुले नेत्रविक्रम चन्द विप्ल नेतृत्वको नेकपा माओवादीको प्रचा छाडेर हिँडेका थिए । प्रहरीले बरामद गरेको त्यो प्रचामा नेकपा माओवादी जिन्दाबाद लेखिएको प्रहरीले जनाएको छ ।
नेकपा माओवादी गोरखाका सेक्रेटेरी कृष्ण वाग्ले ‘रुपेश’ ले गोरखाका विभिन्न स्थानमा रहेका टावरमा आफ्ना कार्यकर्ताले आक्रमण गरेको जनाउँदै यसको विवरण बेलुकासम्म आइपुग्ने बताए ।
‘कर नतिरेसम्म एनसेलमाथि भौतिक आक्रमण जारी राख्छौं’, उनले भने, ‘राज्यलाई तिर्नुपर्ने कर नतिरी हिँड्नेमाथि हाम्रो आक्रमण जारी रहन्छ ।’
माओवादीका कार्यकर्ताले शनिबार बिहान गोरखा गोरखाको अश्र्राङ गाविस–७ ठामडाँडामा रहेको एनसेलको मोबाइल टावरमा आगजनी गरेका थिए ।
उनले देशका अन्य जिल्लामा पनि एनसेलमाथि आक्रमण भएको जनाउँदै यो कारबाही पार्टी केन्द्रको निर्देशन अनुसार नै भएको उल्लेख गरे ।
जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी थापाले टावरमा आगजनी लगाउनेहरुको खोजी भइरहेको जानकारी दिए ।
No comments: