Top Ad unit 728 × 90

a
Ad Inside Post

चिनियाँ राष्ट्रपति असोजमा नेपाल आउने

काठमाडौँः चिनियाँ राष्ट्रपति सि जिङपिङ असोजमा नेपाल आउने भएका छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार असोज २९ र ३० मा भारतमा हुने बिक्स सम्मेलनमा सहभागी भएर फर्कने क्रममा राष्ट्रपति सिले नेपाल भ्रमण गर्ने सम्भावना छ ।
सिको भ्रमणको मिति टुंगो नलागे पनि यो भ्रमणलाई दक्षिण एसियामा प्रभाव बढाउने चीनको महत्वपूर्ण रणनीतिका रुपमा विश्लेषण गरिएको छ ।
परराष्ट्र मन्त्रालयले चीनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्बन्धी मिति सार्वजनिक नगरे पनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको अवधिमा हुन लागेको भ्रमण विशेष हुने हुने विश्लेषण चिनियाँ मिडियाको छ ।
भर्खरै नेपाल भ्रमणमा आएका चिनियाँ सेनाका डेपुटी चिफ एडमिरल सन जिआन्गोले रक्षमन्त्री भीम रावललाई चीन भ्रमणको निम्तो दिएर गएका छन् । रावलको चीन भ्रमण चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण तयारीका केन्द्रित हुने बताइएको छ ।
चिनियाँ सेनाका डेपुटी चिफको भ्रमणलाई चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका रुपमा नेपालमा व्याख्या गरिएको चिनियाँ सञ्चार माध्ययमको बुझाइ छ ।
साउथ चाइना मर्निङ पोष्ट का अनुसार केपी शर्मा ओली नेतृत्वको आठ महिने गठबन्धन सरकारले अस्थिरता भोगिरहेकाले राष्ट्रपति सीको भ्रमणको मिति घोषणा गरिहाल्नुपर्ने संकेत नेपालको परराष्ट्र मन्त्रालयले गरेको छ ।
चिनियाँ मिडियाले नेपालको अन्तरिक मामिलामा हस्तक्षेप गर्ने भारतसँगको निकटतालाई कम गर्दै सन् २००८ बाट चीनको समर्थन खोज्दै आएको समेत उल्लेख गरेका छन् ।
चिनियाँ मिडियाको विश्लेषणमा लेखिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड'ले चीन नेपाल सम्बन्धलाई पुनसंरचना गर्ने नेतृत्व लिएका थिए । प्रधानमन्त्री ओलीको विदेश नीति भारतसँगै चीनलाई समेत खुशी बनाउने रहेको छ ।'
प्रधानमन्त्री भएपछि केपी शर्मा ओलीले सात महिनाको अवधिमा भारत र चीनको भ्रमण गरिसकेका छन् । ओलीले चीन भ्रमणकै अवधिमा चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए ।
ओलीले लुम्बिनीमा भएको अन्तराष्ट्रिय बौद्ध सम्मेलनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीलाई निम्ता गरेका भए पनि दुवै उपस्थित हुन सकेनन् । राष्ट्रपति सी र प्रधानमन्त्री मोदी उपस्थित नभए पनि सम्मेलनमा दुवै देशका उच्च अधिकारीे उपस्थित भएका थिए ।
यस अघि चीनियाँ उच्च भ्रमणको क्रममा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा चिनियाँ प्रधानमन्त्री वेन जियाबाओले पाँच घण्टा नेपालको भ्रमण गरेका थिए । तीन दिने भ्रमण भनेर चर्चा भएको जियाबाओको भ्रमण पाँच घण्टामा सीमित भएता पनि उक्त भ्रमणलाई महत्वका साथ हेरिएको थियो ।
नेपालको उच्च राजनीतिक नेतृत्वले चीन भ्रमण निरन्तर गरे पनि चीनको राष्ट्रपतिय स्तरको भ्रमण नभएको २० वर्ष भएको छ । सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियाङ जेमिनले नेपालको औपचारिक भ्रमण गरेयता यत्ति उच्च स्तरको भ्रमण हुन सकेको छैन् ।
शुक्रबार मात्र उपराष्ट्रपति नन्दबहादुर पुन चीन पुगेका छन् । पुन ११ सदस्य नेपाली टोलीसहित एक साता लामो चीन भ्रमणमा गएका हुन् । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका लागि उपराष्ट्रपति पुनको भ्रमण सार्थक हुने विश्वास कुटनीतिज्ञको छ ।
चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको सम्भावित मितिलाई भारतीय मिडिया ले समेत प्राथमिकताका साथ प्रकाशित गरेका छन् ।

चिनियाँ राष्ट्रपति असोजमा नेपाल आउने Reviewed by a on 5:50 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.