जागिरको उत्तराद्र्धमा इज्जतमै दाग लाग्नेगरी अख्तियारद्वारा समातिनु, बुढेसकालको सहारा छोरो मारिनु र आफ्नै सन्तानको सफाया गर्ने हत्याराहरूसँग जम्काभेट हुनुजस्तो नमिठो पीडा अरु के हुन्छ ?
जागिरको उत्तराद्र्धमा इज्जतमै दाग लाग्नेगरी अख्तियारद्वारा समातिनु, बुढेसकालको सहारा छोरो मारिनु र आफ्नै सन्तानको सफाया गर्ने हत्याराहरूसँग जम्काभेट हुनुजस्तो नमिठो पीडा अरु के हुन्छ ? यस्तै दुखेसो भोग्नुपरेको छ, शान्तराज रेग्मीले । अछाम जिल्लामा जन्म भई हाल कैलाली बसाईं सरेका रेग्मीको जागिरे जीवन अढाई वर्ष मात्र बाँकी छ । २०७० साल साउन मसान्तको दिन महिनाभरीको घुस र कमिशनको रकम लिएर सहकर्मी अधिकृत मिनर्भा अधिकारी र शान्तराज रेग्मी सरकारी गाडीमै घर फर्कंदै गर्दा अख्तियारको टोलीद्वारा पक्राउ परेका थिए । उनका छोरा चिरञ्जीवीलाई १२ कक्षामा पढ्दापढ्दै २०६९ साल भाद्र १७ गते जोरपाटीका सरोज बस्नेत, बागबजारका निशुम तण्डुकारलगायत ४ जनाको समूहले छुरा प्रहार गरी हत्या गरेको थियो । घुसखोरीको अपराध प्रमाणित भएपछि शान्तराज चारखालस्थित जेलमा कैद भुक्तान गर्न पुगे । तर विडम्बना, उनलाई जेलमा स्वागत गर्नेहरू आफ्नै छोराका हत्यारा थिए । आफूले मारेकै केटाका बाबु हुन् या होइनन् भनेर यकिन गर्न ती हत्याराहरू पटक–पटक उनलाई सोध्ने गर्थे, तपाईं चिरञ्जीवीकै बुबा होइन ? तर आफ्नै ज्यानमाथि खतरा हुने डरले रेग्मी भन्ने गर्थे– होइन होइन । म चिरञ्जीवीलाई चिन्दिन । आफ्नै मृत छोराबारे हत्यारासमक्ष अनभिज्ञ बन्नुपर्ने अत्यन्त कठिन घडी हालैमात्र समाप्त भयो जब उनी चैत १० गतेदेखि दुई महिने कैद भुक्तान गरेर गतहप्ता जेलमुक्त भए ।
Reviewed by a
on
4:51 AM
Rating:
No comments: