भोलि नेपाल–भारत सुरक्षा वार्ता
नेपाल–भारत दुईपक्षीय परामर्श समितिको बैठकमा सहभागी हुन सैन्य अधिकारीसहितको टोली मंगलबार दिल्ली गएको छ । भारतीय विदेश मन्त्रालयको संयोजनमा बिहीबार र शुक्रबार बैठक बस्दैछ । २०७१ सालमा यो बैठक नेपालमा आयोजना भएको थियो ।
गत वर्ष दुईपटक बैठक तय भए पनि एकपटक भूकम्प र अर्कोपटक भारतको नाकाबन्दीका कारण स्थगित भएको थियो । यसअघि महाराष्ट्रमा बस्ने तयारी भएको बैठक नाकाबन्दीका कारण रोकिएको थियो । बैठकमा नेपालले हेलिकोप्टरसहितका सैन्य सामग्री आपूर्ति तथा २०६२/०६३ यता नेपालले भारतबाट ६० प्रतिशत अनुदानमा किनेका हातहतियार र गोलीगठ्ठाको रकम मिनाहाको प्रस्ताव राख्ने तयारी छ । नेपालले सैन्य सामग्री खरिद गरेबापत करिब दुई अर्ब ४० करोड रुपैयाा भारतलाई तिर्न बााकी छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणमा त्यसको मिनाहाका लागि सरकारले प्रस्ताब लैजाने गरे पनि अन्तिममा सम्बन्धित अधिकारीकै बैठकमा कुरा राख्ने तय भएको थियो ।
नेपाली प्रतिनिधिमण्डलमा सहसचिव प्रकाशकुमार सुवेदी, रक्षा मन्त्रालयका सहसचिव शिवप्रसाद सिंखडा, भारतका लागि नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, आधा दर्जन सैन्य अधिकारी सहभागी हुदैछन् ।
Reviewed by a
on
10:06 PM
Rating:
No comments: