Top Ad unit 728 × 90

a
Ad Inside Post

कांग्रेस संसद्मा कडा रूपमा उत्रने:-सरकारले पुनर्निर्माण प्राधिकरणदेखि विभिन्न विधेयक मनलाग्दी किसिमले अघि बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्मा कडा रूपमा प्रस्तुत हुने भएको छ ।

सरकारले पुनर्निर्माण प्राधिकरणदेखि विभिन्न विधेयक मनलाग्दी किसिमले अघि बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्मा कडा रूपमा प्रस्तुत हुने भएको छ । संसदीय दलको कार्यालयमा सोमबार पदाधिकारी, पूर्वपदाधिकारी, प्रमुख सचेतक, सचेतक र केही केन्द्रीय सदस्यसहितको बैठकमा सभापति शेरबहादुर देउवाले १ असारदेखि हुन लागेको विनियोजन विधेयकमाथिको छलफलमा जिम्मेवार भएर प्रस्तुत हुन सांसदलाई निर्देशन दिएका हुन् ।
सरकारले ल्याएको विधेयकप्रति प्रतिवाद
‘प्राधिकरण एनजिओलाई जिम्मा दिइएको छ, आफ्ना कार्यकर्तालाई प्राथमिकतामा राखिएको छ भन्ने गुनासो धेरै आएको छ, आफूनिकटको एनजिजोमार्फत कार्यक्रम ल्याइयो,’ कांग्रेस सचेतक ईश्वरी न्यौपानेले नयाँ पत्रिकासँग भनिन्, ‘प्राधिकरणको बैठक बोलाइएको छैन । सम्बन्धित क्षेत्रका सांसदले बुझ्ने र रोक्न पहल गर्ने गरी सभापतिले निर्देशन दिनुभएको छ ।’ पहिले सुनुवाइ समिति छैन भनेर राजदूत र न्यायाधीश नियुक्तिका विषय अघि बढाइयो भन्दै कांग्रेसले यस्ता दोहोरो मापदण्डविरुद्ध कडा रूपमा प्रस्तुत हुने निर्णय पनि गरेको छ ।
बैठकमा एमाले नेतृत्वको सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा प्रस्तुत विधेयक राज्यले नियमन गर्न नपाउने गरी अघि बढाइएको भन्दै यसको विरोधको तयारी पनि कांग्रेसले गरेको जानकारी न्यौपानेले दिइन् ।
भूकम्पपीडितका लागि प्रभावकारी काम हुन नसकेको, दातृराष्ट्रले पैसा दिए पनि प्रभावकारी रूपमा खर्च हुन नसकेको जस्ता विषयलाई पनि प्रभावकारी रूपमा संसद् बैठकमा उठाउन देउवाले सांसदहरूलाई निर्देशन दिएका हुन् ।

कांग्रेस संसद्मा कडा रूपमा उत्रने:-सरकारले पुनर्निर्माण प्राधिकरणदेखि विभिन्न विधेयक मनलाग्दी किसिमले अघि बढाएको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद्मा कडा रूपमा प्रस्तुत हुने भएको छ । Reviewed by a on 10:32 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.