Top Ad unit 728 × 90

a
Ad Inside Post

श्रीमानसँगको झगडाले श्रीमतीद्धारा आफ्नै घरको सम्पत्तिमा आगजनी

कपिलवस्तुको चन्द्रौटामा श्रीमान श्रीमति बीचको घरायसी विवादले एक महिलाले आफ्नै घरको सम्पत्ति जलाएकी छन् ।

जिल्लाको शिवराज नगरपालिका १०, चन्द्रौटाको खसीबजारमा रहेको शिवगढी अटो वर्कसप एण्ड ग्रिल उद्योगका प्रोप्राइटर यमबहादुर सुनार र माइली श्रीमती रामप्यारी सुनारबीच भएको सामान्य झगडाले श्रीमती रामप्यारीले घरायसी सम्पत्तिमा आगो लगाएर नष्ट गरेकी हुन् ।

बिहिबार दिउँसो लोग्ने स्वास्नी बीच विवाद पछि रामप्यारीले ग्रिल उद्योगका महंगा मेसिन सहित लत्ताकपडा लगायतका सामान घरबाहिर निकाली आगो लगाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक राजकुमार शिलवालले जानकारी दिए ।

आगलागीबाट ग्रिल उद्योगका वेल्डिङ मेसिन, ड्रिल मेसिन, कटर मेसिन, मोटर लगायतका सामान सबै जलेर नष्ट भएको छ । यस्तै लत्ताकपडा, नागरिकता, मोबाइल समेत जलेको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिलवालले बताए । घटना लगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट झण्डै २ लाखको सम्पत्ति जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

घटनाका कारण वरपरका छिमेकीहरु अहिले त्रसित बनेका छन् । घरायसी झगडाले सम्पत्ति जलाउने महिलाप्रति अहिले छिमेकीहरु आक्रोसित बनेका छन् । आगो निभाउन थोरै ढिला भएको भए ठूलो धनजनको क्षति हुनसक्ने छिमेकी एवं होटल तथा रेष्टुरेन्ट व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष लेखनाथ घर्तीले गुनासो गरे ।

श्रीमानसँगको झगडाले श्रीमतीद्धारा आफ्नै घरको सम्पत्तिमा आगजनी Reviewed by a on 1:06 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.