Top Ad unit 728 × 90

a
Ad Inside Post

युरोपियन च्याम्पियनसिपमा सबैभन्दा छिटो गोल गर्ने रेकर्ड रसियाका डिमिट्री किरिचेन्कोको नाममा छ । उनले युरो २००४ मा रेकर्ड बनाएका थिए । ग्रिसविरुद्धको खेल सुरु भएको ६८ सेकेन्डमै किरिचेन्कोले गोल गरेका थिए ।

युरोपियन च्याम्पियनसिपमा सबैभन्दा छिटो गोल गर्ने रेकर्ड रसियाका डिमिट्री किरिचेन्कोको नाममा छ । उनले युरो २००४ मा रेकर्ड बनाएका थिए । ग्रिसविरुद्धको खेल सुरु भएको ६८ सेकेन्डमै किरिचेन्कोले गोल गरेका थिए । समूह चरणमा भएको अन्तिम खेलमा किरिचेन्कोले सुरुवाती अग्रता दिलाएपछि रसियाले ग्रिसलाई २–१ ले हरायो । यो रसियाको प्रतियोगितामा पहिलो जित थियो भने ग्रिसको पहिलो हार । समूह चरणमा हार व्यहोरे पनि ग्रिसले युरो २००४ को उपाधि जितेको थियो । युरोमा रेकर्ड बनाएका फरवार्ड किरिचेन्कोले राष्ट्रिय टोलीबाट सन् २००३ देखि २००६ सम्म खेले । त्यसक्रममा उनले १२ क्याप जितेर ४ गोल गरे ।
युरोकपमा सबैभन्दा छिटो गोल गर्ने सब्स्टिच्युट खेलाडीको रेकर्ड दुईजनाको नाममा छ । युरो १९८८ मा डेनमार्कविरुद्धको खेलमा इटालीका अलेसान्द्रो अल्टोबेलीले मैदान छिरेको एक मिनेटमै गोल गर्दै रेकर्ड बनाए । युरो २००४ मा स्पेनका जुवान कार्लाेस भनेरोनले पनि मैदान प्रवेश गरेको एक मिनेटमै गोल गरेका थिए । उनले सो गोल रसियाविरुद्धको खेलमा
गरेका थिए ।
युरोकपको फाइनलमा छिटो गोल गर्ने रेकर्ड स्पेनका जेसस मारिया पेरेडाको नाममा छ । उनले युरो १९६४ मा तत्कालीन सोभियत संघविरुद्धको फाइनलमा छैटौँ मिनेटमा गोल गरेका थिए ।
सबैभन्दा ढिलो गोल गर्ने रेकर्ड टर्कीका सेमिह सेन्टुकको नाममा छ । उनले युरो २००८ मा क्रोएसियाविरुद्धको क्वार्टरफाइनलमा थप समयको इन्जुरी टाइमको अन्तिम सेकेन्डमा गोल गरेका थिए । १ सय १९औँ मिनेटमा इभान क्लास्निकाले गोल गर्दै क्रोएसियालाई जिततर्फ लम्काएका थिए । तर, सेमिहले अन्तिम सेकेन्डमा गोल फर्काएपछि खेल पेनाल्टी सुटआउटमा पुग्यो । पेनाल्टी सुटआउटमा टर्कीले ३–१ को जित निकाल्दै सेमिफाइनलमा स्थान बनायो ।

युरोपियन च्याम्पियनसिपमा सबैभन्दा छिटो गोल गर्ने रेकर्ड रसियाका डिमिट्री किरिचेन्कोको नाममा छ । उनले युरो २००४ मा रेकर्ड बनाएका थिए । ग्रिसविरुद्धको खेल सुरु भएको ६८ सेकेन्डमै किरिचेन्कोले गोल गरेका थिए । Reviewed by a on 5:32 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.