पाँचऔंलेका फाइदाहरु के के रहेछन् एकपटक हेरौ
उच्च पहाडी भेगमा पाइने जडिबुटी हो— पाँचऔंले। यसको पात हातको औंलाजस्तै पाँच भागमा विभाजित हुन्छ। यो लहरा प्रजातिको वनस्पति हो। यसको बोट ३० देखि ९० सेन्टिमिटरसम्म अग्लो हुन्छ। यो जेठ असारमा फुल्छ। फूल मनमोहक देखिए पनि यसको उपयोग गरिने भाग भनेको जमिनमुनि रहने गानो हो। यही गानोलाई औषधीका रूपमा प्रयोग गरिन्छ। खासगरी मधुमेह, वीर्यमा शुक्राणुको कमी, आउँ परेको, खोकी, ज्वरो, पिसाबसम्बन्धी समस्या, पक्षघात, क्षयरोग, नसासम्बन्धी रोग आदिबाट छुट्कारा प्राप्त गर्न पाँचऔंले प्रयोग गरिन्छ। त्यस्तै, यौनशक्ति बढाउन र छालालाई मुलायम राख्न पनि यसले सहयोग गर्ने बताइन्छ। शरीरमा हुने चोटपटक निको पार्न पाँचऔंले घोटेर लगाइन्छ। यसको सेवनले स्मरणशक्ति पनि बढाउने विश्वास गरिन्छ।
पाँचऔंलेका फाइदाहरु के के रहेछन् एकपटक हेरौ
Reviewed by a
on
1:13 AM
Rating:
No comments: