पैसा पनि कमाइने, केटी पनि पछि लाग्ने काम
- पैसा पनि कमाइने, केटी पनि पछि लाग्ने काम के छ भनेर साथीले सोध्दै थियो, मैले त पानीपुरी र चटपटेको व्यापार गर भनिदिए ।
o o o
केटी : दाइ, रामप्यारीको टिकट दिनु त ।
टिकटवाला : ब्लाकमा मात्र छ, हुन्छ ??
केटी : ह्या, पिंकमा छैन ??
o o o
५० कर्मचारीको आवश्यकता
दिनको ४ घण्टा मात्र काम गर्नुपर्ने
मासिक ३० हजार तलब
हप्तामा २ दिन छुट्टी
कोठाको भाडा, गाडी भाडा
मोबाइल खर्च सबै अफिसबाटै पाइने
ग्राह्यता : नेपालीमा लेख्न, पढ्न र बोल्न सक्ने
कार्यक्षेत्र : नेपालभरि जहाँ पनि हुन सक्ने ।
.....
(यस्तो सूचना कतै टाँसिएको देख्नुभयो भने खबर गर्नु है, सँगै जानुपर्छ ।)
o o o
शेरेले छुट्टीका लागि यस्तो निवेदन पेस गरेछ ।
हेल्लो सर,
ह्वेन आई कम कम
पानी पर्यो झम झम्
लेग मेरो चिप्लियो
आई लडिङ ठामको ठाम्
झर्यो माई ब्याग,
बुक भिज्यो कसम्
त्यसैले टुडे
आई विल नट कम
योर्स फाल्तू विद्यार्थी
शेरे...
o o o
शेरे बाहिर घुम्न जान भनेर हिँड्यो
घरबाट तल ओर्लिएपछि थाहा भयो,
मोबाइल, चस्मा र रुमाल त माथि नै छुटेछ ।
शेरेले तलैबाट बूढीलाई कराएर भन्यो–
‘मेरो रुमाल, मोबाइल र चस्मा तल झार्दे त ।’
बूढीले माथिबाटै चस्मा फ्याँकिदिई
झर्यामझुरुम फुट्यो
फेरि मोबाइल फ्याँकी
त्यो पनि झर्याम झुरुम फुट्यो
शेरे करायो
ए पख पख, रुमाल लिन मै माथि आउँछु ।
o o o
लोग्ने : तिमीसँग विवाह गरेर मलाई एकदमै फाइदा भएको छ ।
स्वास्नी : (खुसी हुँदै) हो र, कसरी ?
लोग्ने : मैले गरेको पापको सजाय म जिउँदो हुँदै पाइरहेको छु नि त ।
o o o
दाइको छोरा भएछ, हेर्नुस् है, अब न्वारान गर्ने दिन आयो । पण्डितलाई बोलाइयो : नाम ‘अ’ बाट राख्नुपर्ने भयो ।
दाइले छोराको नाम ‘अमेरिका’ राखे ।
हामीलगायत पण्डित पनि छक्क पर्दै दाइलाई सोध्यौं, दाइ किन अमेरिका नै राख्ने नि ??
दाइले थोरै शिर ठाडो पारे, छाती अलिक फुलाएर गर्व अनि घमन्डका साथ भने–
साले यो स्वार्थी संसारलाई म बताइदिन चाहन्छु कि म अमेरिकाको बाउ हुँ ।
o o o
शेरेका बूढाबूढी भाडामा बस्दा रै’छन्
सुतिराख्या बेला भुइँचालो आएछ ।
बूढी : उठ्नुस न, घर कस्तरी हल्लिराखेको छ, ढल्छ जस्तो छ ।
शेरे : चुप लागेर सुत न्, हाम्रो घर हो र ???
o o o
बैंकमा काम गर्ने केटीसँग
प्रेम गर्न साह्रै गाह्रो हुँदो रहेछ ।
लभलेटर लेखेर पठा’को
केही बेरमा फोन गरेर भन्छे—
सिग्नेचर मिलेन ।
o o o
एयर होस्टेज : हवाई सुन्दरी
नर्स : दबाई सुन्दरी
लेडी टिचर : पढाई सुन्दरी
वाइफ : लडाइँ सुन्दरी ।
o o o
शेरे कथन : किताब समात्यो ८ बजे नै निद्राले झुप्प पार्छ, मोबाइल समात्यो भने राति १ बजेसम्म निद्रै आउन्न !! के यो माया हो ??
o o o
चित्र अनि चरित्र उस्तै–उस्तै हुन्
सजाएर राख्न जान्यो भने अमूल्य हुन्छ
बजारमा पिँजायो भने व्यापार ।
o o o
यो केटा भएर नि बाँच्न गाह्रो रै’छ
जिएफले भन्छे पिउन छोडिदेऊ तिमीलाई मेरो कसम
अनि साथीहरू भन्छन्, साला पिउनुपर्छ तँलाई भाउजूको कसम ।
No comments: