Top Ad unit 728 × 90

a
Ad Inside Post

पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको बिजुली लाइन काटियो

काठमाडौँ : सरकारले पूर्वमुमा बडामहारानी रत्न शाह बस्ने नारायणहिटी दरबारस्थित महेन्द्र मञ्जिलको बिजुलीको लाइन काटिदिएको छ।
ऊर्जामन्त्री जनार्दन शर्माको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले लामो समयदेखि विद्युत महसुस नतिर्ने ग्राहकको लाइन काट्ने अभियान सुरु गर्ने क्रममा आइतबार महेन्द्र मञ्जिलको लाइन काटिएको हो। नेपाल ट्रष्ट अन्तर्गत रहेको महेन्द्र मञ्जिलको नाममा ३५ लाखभन्दा बढी बक्यौता देखिएको छ।
बिजुलीको लाइन काटिए पनि महेन्द्र मञ्जिलको स्वामित्व र यसको व्यवस्थापनको दायित्व भने सरकारकै नाममा छ। गणतन्त्र घोषणापछि तत्कालीन राजा ज्ञानेन्द्र शाह र उनको परिवारले नारायणहिटी दरबार छोडे पनि पूर्वमुमा बडामहारानीलाई भने उनकै इच्छाबमोजिम सरकारले आजीवन त्यहाँ बस्न दिने निर्णय गरेको थियो। पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको सम्पूर्ण व्यवस्थापन सरकारी निकायबाट हुँदै आएको छ ।
पूर्वराजा ज्ञानेन्द्रका सहयोगी फडिराज पाठकले सरकारले बस्न उपलब्ध गराएको महेन्द्र मञ्जीलमा बिजुलीको लाइन काटेर न्युनतम मानवीयता पनि सरकारले नदेखाएको बताए । उनले अन्नपूर्ण अनलाइनसँग भने, ‘यो वडामहारानी रत्नाको स्वामित्वमा छैन । सरकारले उहाँलाई बस्न उपलब्ध गराएको हो । धारा, बिजुली तथा यसको व्यवस्थापनको सम्पूर्ण जिम्मा सरकारले लिदै आएको छ ।’
३५ लाखभन्दा बढी बक्यौता देखिएकोले बिजुलीको लाइन काटिएको जानकारी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले दिए। उनले भने, संवेदनशिल स्थानको हकमा अनुरोध भएमा मानवीयतालाई हेरेर पुनरविचार गर्न सकिन्छ।'काफ्लेका अनुसार धेरै बक्यौता बाँकी रहेका सबै ग्राहकको बिजुली काटिएको छ ।


पूर्वमुमा बडामहारानी बस्ने महेन्द्र मञ्जिलको बिजुली लाइन काटियो Reviewed by a on 6:17 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.