Top Ad unit 728 × 90

a
Ad Inside Post

भदौं ३० गते प्रचण्ड दिल्ली जाने

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी भदौं ३० गते भारत भ्रमणमा जाने भएका छन् । प्रचण्डको विशेषदूतका रुपमा भारत गएका उपप्रधान तथ गृहमन्त्री विमलेन्द्र निधिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग शनिबार गरेको भेटवार्तापछि भ्रमणको मिति तय भएको हो ।
नयाँ संविधान जारी भएपछि असन्तुष्ट देखिएको भारतसँग सम्बन्ध सुधारका लागि विशेष पहल गर्न प्रचण्डले निधिलाई विशेष दूतका रुपमा दिल्ली पठाएका थिए । भदौं ३० गते दिल्ली जाने प्रचण्डले भदौं ३१ गते मोदीसँग विशेष वार्ता गर्ने कार्यक्रमसमेत तय भइसकेको छ । प्रचण्डको भ्रमणलाई यसपटक भारतले विशेष महत्व दिने संकेत दिएको छ
प्रधानमन्त्री दाहालके भारत भ्रमणपछि भारतीय राष्ट्रपतिले नेपाल भ्रमण गर्ने कार्यक्रम छ। निधिले शुक्रबार मुखर्जीलाई नेपाल भ्रमणको निम्तो दिइसकेका छन् । चिनियाँ राष्ट्रपति नेपाल आउनुअघि मुखर्जीको भ्रमण सुनिश्चित गर्न भारतीय पक्ष बढी अग्रसर देखिएको छ ।भारतीय राष्ट्रपति फर्केपछि राष्ट्रपति विद्यादेवी भण्डारीको हुने सभावना छ। भण्डारीको भ्रमणको कार्यक्रम भने अझै निश्चित भइसकेको छैन ।
गृहमन्त्री निधिले मोदीसँग शनिबार प्रतिनिधिमण्डल स्तरमा आधा घन्टा र १५ मिनेट एक्लै भेटवार्ता गरेका थिए । उनले नेपालसँग सम्बन्धमा थप सुदृढ बनाउन आफू तयार रहेको सन्देश दिएका छन् । त्यस क्रममा आफू फेरि नेपाल आउन पनि इच्छुक रहेको संकेत उनले दिएका छन् ।

भदौं ३० गते प्रचण्ड दिल्ली जाने Reviewed by a on 6:28 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.