Top Ad unit 728 × 90

a
Ad Inside Post

थाइल्यान्डमा तस्कर, नेपालमा एजेन्ट, अस्ट्रेलियामा लागुऔषध

काठमाडौं, 3 भाद्र
गत २ फागुनमा अस्ट्रेलियामा चार केजी मेथएमफेटामिन लागुऔषधसहित नेपाली युवक युनिस श्रेष्ठ पक्राउ परे । थाइल्यान्डबाट आएको सामान रिसिभ गर्दा उनी अस्ट्रेलियन फेडरल प्रहरीको फन्दामा परेका थिए ।
अस्ट्रेलियन प्रहरीले अनुसन्धान गर्दा उनी नेपालका साथीको आग्रहमा सामान लिएको खुल्यो । श्रेष्ठकै साथी प्रभाकर खनाल र प्रदीपकुमार अधिकारीले लागुऔषध रिसिभ गर्न लगाएका थिए । साथीका लागि सहयोग गर्न खोज्दा श्रेष्ठ फसे । थाइल्यान्डका अन्तर्राष्ट्रिय लागुऔषध तस्करले यसरी नेपाली युवालाई प्रयोग गरी लागुऔषध तस्करी गराएका हुन् ।
काठमाडौंमा पक्राउ परे एजेन्ट
घटनाको सात महिनापछि एजेन्टका रूपमा काम गर्ने प्रभाकार र प्रदीप काठमाडौंमा पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी)ले उनीहरूलाई पक्राउ गरेको हो । यसअघि पनि नेपाली युवकलाई नै प्रयोग गरी ५५ केजी एमफेटामिन अस्ट्रेलिया तस्करी भएको थियो । त्यसवेला ब्युरोले विक्रम लामिछाने र होमबहादुर तामाङलाई पक्राउ गरेको थियो । उनीहरू अदालतको आदेशमा हाल जेलमा छन् । अनुसन्धानमा आबद्ध प्रहरी अधिकारीका अनुसार थाइल्यान्डमा रहेका तस्कर नाइके समूह र पक्राउ परेका दुई युवकबीच सम्पर्क गराउने अर्का एक व्यक्ति छन् । अस्ट्रेलियामा सामान रिसिभ गर्न लगाएबापत तीन लाख पाउने आशामा उनीहरूले साथीलाई लिन लगाएका थिए ।
थाइल्यान्डबाटै सञ्जाल चलाउँदै
अस्ट्रेलियन प्रहरीको आग्रहमा नेपाल प्रहरीले उनीहरूको खोजी सुरु गरेपछि उनीहरू भारत भागेका थिए । गत साता मात्र भारतबाट उनीहरू नेपाल फर्किएका हुन् ।
थाइल्यान्डमा बसेर लागुऔषध तस्करीको अन्तर्राष्ट्रिय सञ्जाल चलाउँदै आएका नेपाली धर्म पाख्रिनको समूहले नै सो लागुऔषध तस्करी गरेको प्रहरी अनुमान छ । यसअघि अस्ट्रेलियामा बरामद भएको ५५ केजी एमफेटामिन लागुऔषध पनि पाख्रिनले नै पठाएका थिए । पाख्रिनका भाइ नेपालमा पक्राउ परिसकेका छन् । उनले भने भूमिगत रूपमा एक दशकदेखि विभिन्न देशमा लागुऔषध तस्करीको धन्दा चलाइरहेका छन् ।

थाइल्यान्डमा तस्कर, नेपालमा एजेन्ट, अस्ट्रेलियामा लागुऔषध Reviewed by a on 10:35 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.