Top Ad unit 728 × 90

a
Ad Inside Post

ताप्लेजुङमा पहिरोले आमा र दुई बालकको मृत्यु

भदौ १८, ताप्लेजुङः अविरल वर्षापछि गएको पहिरोमा पुरिएर ताप्लेजुङमा एकै परिवारका तीन जनाको ज्यान गएको छ भने एक महिला बेपत्ता छिन् ।
ताप्लेजुङ नगरपालिका वडा नम्बर २ का टीका मगरको घर माथिबाट झरेको पहिरोले पुर्दा २८ बर्षीया श्रीमती बिमला, ९ वर्षका छोरा मनोज र ७ वर्षका छोरा ललितको ज्यान गएको प्रहरीले जनाएको । उनीहरुको शव नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले पुरिएको घरबाट बिहानै निकालेका थिए ।
सुतिरहेको समयमा पहिरोले घर बगाउदा ताप्लेजुङ नगरपालिका ८ कि स्थानीय सुब्बेनी माइली भनेर चिनिने दीलकुमारी पालुङवा बेपत्ता छन् । पहिरोमा पुरिएर गम्भीर घाइते भएकी बहिनी कृष्णकुमारी पालुङवाको जिल्ला अस्पतालमा ताप्लेजुङमा उपचार भइरहेको छ ।
अविरल वर्षापछि ताप्लेजुङ नगरपालिकाको २, ६, ७, ८ र ९ वडाको धेरै स्थानमा पहिरो गएको छ। पहिरोले घर पुर्दा पूर्ण र आंशिक गरी करिब ५० घरमा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए । सबै भन्दा ठूलो पहिरो गएको ताप्लेजुङ नगरपालिका ८ मा मात्र ३२ घर पहिरोले बगाएको छ भने एक सय ५५ जना विस्थापित भएका छन् ।
भिषण बर्षाको कारण ताप्लेजुङ नगरपालिकाको ल्याङबा, कोदार गाउँ, सालिम्मे, बाहानन्दे, मेवाराजालगायतका ठाउँमा पहिरो जाँदा सयौ विस्थापित भएका छन् ।
पहिरोका कारण विस्थापित एक सय ५५ जनालाई नेपाल प्रहरी, नेपाली सेना र ससस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । उनिहरुलाई ताप्लेजुङ नगरपालिका ८ हिटीस्थित होराइजन बोर्डिङ स्कुलमा राखिएको छ । विस्थापितलाई स्थानीयको सक्रियतामा उद्धार गरी आपतकालीन राहत समेत वितरण गरिएको प्रजिअ पाण्डेले बताए ।
पहिरोकै कारण मेची राजमार्गको पाँचथर ताप्लेजुङ सडकखण्ड पूर्ण रुपमा अबरुद्ध भएको छ । मेची राजमार्गको खेक्से खोला माथिबाट खोक्से भिर झर्दा झण्डै १०० मिटर बाटो पहिरोले पुरेको छ ।
ताप्लेजुङबाट झापा, इलाम, पाँचथर हुँदै विराटनगर, धरान, दमक पुग्ने सवारी साधन ठप्प छन् । शनिबार दिनभर ताप्लेजुङ नगरपालिका र सडक डिभिजन कार्यालय इलामको स्काबेटरले अवरुद्ध बाटो खुलाउने प्रयास गरे पनि पहिरो पन्छाउन नसकिएको सडक डिभिजनकार्यालय प्रविधिक नविन उप्रेतीले बताए ।आजको अन्नपूर्ण पोस्टमा समाचार छ।

ताप्लेजुङमा पहिरोले आमा र दुई बालकको मृत्यु Reviewed by a on 7:16 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.