Top Ad unit 728 × 90

a
Ad Inside Post

राष्ट्रपतिले दिइन तीजको शुभकामना, नेपाली दिदीबहिनीमा सुख , शान्ति , समृद्धि, हर्षोल्लासको कामना

काठमाडौं, १८ भदौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीको पर्व हरितालिका तीजले सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, हर्षोल्लास, आपसी एकता र पारिवारिक सद्भाव कायम होस् भनी शुभकामना व्यक्त गरेकी छन् ।
“बहुजाति, बहुभाषा, बहुसांस्कृतिक आदिले विविधतायुक्त हाम्रो मुलुकमा यी र यस्ता पर्वले सबै नेपालीलाई एकताको सूत्रमा आबद्ध गरी विविधताबीच एकता, धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्न सहयोग पु¥याइरहेका तथा एकापसमा खुसी र मनोरञ्जन साटासाट गर्ने अवसर समेत प्रदान गरेका छन्”– सन्देशमा भनिएको छ, “विविध चाडपर्वले आफ्नै मौलिक मूल्य र मान्यतासहित संस्कृति, कला, वेशभूषा र गीतसङ्गीतलाई समृद्ध तुल्याएका छन् । यस्ता चाडपर्व मनाइरहँदा तिनका मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ ।”
नयाँ संविधान जारी भएपछि देशको द्रुततर आर्थिक सामाजिक रुपान्तरण गर्नुपर्ने आवश्यकतालाई हृदयङ्गम गर्दै विविधतापूर्ण संस्कृतिअनुरुप यस्ता चाडपर्व मनाउँदा कुरीति र कमजोरी हटाई आर्थिक मितव्ययिता अपनाउनु आजको अपरिहार्यता भएको पनि सन्देशमा उल्लेख छ ।

राष्ट्रपतिले दिइन तीजको शुभकामना, नेपाली दिदीबहिनीमा सुख , शान्ति , समृद्धि, हर्षोल्लासको कामना Reviewed by a on 6:28 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.