Top Ad unit 728 × 90

a
Ad Inside Post

१० कुरा जो महिलाले पुरुषबाट सधैं चाहन्छन्

महिला पुरुषबीचको सम्बन्धमा एक अर्कालाई बुझ्ने विषय सदियौं देखि बहसको विषय हो । विपरित लिङ्गीका कुरा बुझ्न कठिन हुने हुँदा महिलाले पुरुषलाई र पुरुषले महिलालाई बुझ्न नसक्ने बनेको आरोप लगाउँछन् ।
हालै गरिएको एक अध्ययनले महिलाले पुरुषबाट १० कुरा चाहने देखाएको छ ।
के हुन् त यस्ता १० कुराः
१ महिला पुरुषले आफूलाई सुनुन् भन्ने चाहन्छन् । ध्यान दिएर सुन्यो भने उनीहरु प्रेम पाएको अनुभव गर्छन् ।
२ आफ्नो मुड बुझ्ने पति पार्टनर होस् भन्ने महिलाको चाहाना हुन्छ । तसर्थ पुरुषले महिलाको मुड बुझेर ब्यवहार गर्नु पर्छ ।
३ महिलाहरु रुन्चे हुन्छन् । उनीहरु पुरुषहरु पनि रोउन् भन्ने त चाहनन्न तर आफू रुँदा वा दुःखी हुँदा बुझोस् भन्ने चाहाना हुन्छ ।
४ महिलाहरु पुरुषले कुरा बुझुन् र निरन्तर कुरा गरिरहुन् भन्ने चाहन्छन् । यसो गर्दा एक अर्कामा समझदारी पनि बढ्ने हुन्छ ।
५ महिलाले पुरुषमा अलिकति शाहस र लगाव बढी होस् भन्ने भित्री चाहाना हुन्छ । उनीहरु अफ्नो प्रेमी वा पति परिवारमा पनि ‘हिरो’ देखियोस् भन्ने चाहन्छन् ।
६ महिलाहरु पुरुषले सँधै नभएपनि कहिलेकाँहि भान्सामा पनि साथ देओस् भन्ने चाहन्छन् । कहिलेकाँहि उनीहरुलाई नयाँ नयाँ खाना पकाएर दिए रमााइलो मान्छन् ।
७ तपाइँ साहसी भएपनि सबै ठाउँमा साहस देखाएको भने महिलालाई मन पर्दैन । गाडी चलाउँदा वा त्यस्तै सावधानीपूर्वक गर्नु पर्ने काममा पनि सासह देखाउन थाल्नु भो भने तपाइँ स्त्रीको नजरमा गिर्दै जानु हुन्छ ।
८ महिलाहरु पुरुषले आफूलाई सुरक्षा देओस् भन्ने चाहन्छन् । तर सबै कुरामा हस्तक्षेप गर्ने चाहिने भन्दा बढी चासो राख्ने गरेको मन पराउँदैनन् ।
९ महिलाहरु पुरुषले प्रेम ब्यक्त गरिरहोस् भन्ने चाहन्छन् । उनीहरुलाई कुनै न कुनैरुपमा प्रेम ब्यक्त गरेको मन पर्छ ।
१० महिलासँगको सम्बन्धमा सबै भन्दा संवेदनशील विषय इमान्दारिता हो । यदि तपाइँ झुट बोल्न थाल्नु भो र झुट बोलेको पत्ता लाग्यो भने चाँहि तपाइँ गिर्नु भो

१० कुरा जो महिलाले पुरुषबाट सधैं चाहन्छन् Reviewed by a on 6:24 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.