जेलमै मनाए तीज
खोटाङ, भदौ १८ – खोटाङका महिला अधिकारकर्मीले शनिबार जिल्ला कारागार शाखाका महिला कैदीबन्दीसँग तीज मनाएका छन् । जिल्लामा क्रियाशिल महिला अधिकारकर्मीले बिभिन्न मुद्दामा जेल जीवन बिताइरहेका महिला कैदीसँग कारगारभित्रै विभिन्न परिकार खाएर नाचगान गर्दै तीज मनाएका हुन् । परिवारबाट अलग भएर कारागारमा निराशापूर्ण जीवन बिताइरहेका महिलाको उत्साहका लागि महिला अधिकारकर्मीले उनीहरुसँग रमाइलो गर्दै तीज मनाएको महिला रक्षक सञ्जालकी अध्यक्ष पूर्णमाया तामाङले बताउनुभयो ।
व्यक्तिगत खर्चमा महिला अधिकारकर्मीले जिल्ला कारागारमा कर्तव्य जान, ज्यान मार्ने उद्योग, बहुबिवाह, चोरी लगायतका मुद्दामा जेल जीवन बिताइरहेका १२ महिला र उनीहरुका आश्रित चार बालकसँग तीज मनाएका हुन् ।
सदरमुकाम दिक्तेलका हरेक कार्यक्रम तीजमय बनेको छ । शनिबार आयोजित लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको प्रथम साधारणसभा, गायक हर्क गदालको दोहोरो गिती एल्बम ‘पसिनाले बसेँ रुझेर’ बिमोचन लगायतका कार्यक्रम तीजमय बनेको छ ।-उज्यालो अनलाइन
No comments: