दरमा खानपान, यी कुराहरु बिर्सेर पनि नखानुहोस्
१८ भदौ, काठमाडौं । आइतबार हिन्दु नेपाली महिलाहरुले हरितालिका तीज पर्व मनाउँदै छन् ।
महिलाहरु आ–फ्नो पतिको स्वास्थ्य तथा दिर्घायुका लागि व्रत बस्ने तयारीमा छन् भने अविवाहित महिलाहरु योग्य पतिको कामना गर्दै व्रतको तयारीमा छन् । व्रतकै तयारी स्वरुप तीजको अघिल्लो दिन दर खाने प्रचलन रहिआएको छ । सोही प्रचलन अनुसार महिलाहरु दर खाने तयारीमा रहेका छन् ।
तर निराहार ब्रत बस्नकै लागि अघिल्लो दिन दर खाँदा विशेष ध्यान दिनु आवश्यक छ । दरका नाममा असन्तुलित र अस्वस्थ खानपानले स्वास्थ्यमा नराम्रो असर पर्नसक्नेतर्फ ध्यान नदिंदा व्रतका दिन स्वास्थ्य चूनौतीहरु देखिन सक्छन् ।
के के खाँदा कस्तो ध्यान पुर्याउने त ?
चिल्लोः नेपाली समाजमा चिल्लो खानेकुरा दह्रो अर्थात टिकाउ हुन्छ मान्यता व्यप्त छ । सोही मान्यता अनरुप दरमा अधिक चिल्लोको प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक सावित हुनसक्छ । खानेकुरामा अत्याधिक चिल्लो प्रयोग गर्दा पाचन प्रणलीमा दवाव पर्न जान्छ र पखला पनि लाग्न सक्छ ।
मासुः मासुमा अधिक प्रोटिन हुनेहुँदा मासु ठिक्क मात्रामा प्रयोग गर्नुपर्छ । अझ मासुमा चिलेको प्रयोग त सकेसम्म कम गर्नुपर्छ । किनभने अधिक प्रोटिनले पनि चिल्लोपदार्थले जस्तै पाचन प्रणनलीमा दवाव सिर्जना गर्ने भएकाले पखलाको संभावना हुनसक्छ । तसर्थ दरमा मासुको प्रयोग अधिक र त्यसमा पनि चिल्लोको प्रयोग गर्नुपूर्व एकपटक सोंच्ने कि ?
साविकको भन्दा बढी भोजनः तीजको दिन भोकै बस्ने भन्दै कतिपयले साविकको भन्दा अत्याधिक भोजन गर्ने गर्दछन् । तर चिकित्सकहरु खानपानको त्यस्तो व्यवहारलाई मुर्खतापूर्ण भनी व्याख्या गर्छन् । किनकी एकैपटक भोजनको मात्रामा घटबढ हुँदा पेटमा नकरात्मक असर पर्दछ । खानामा अनियमित मात्रा पेट सम्बन्धि रोगका लागि पनि प्रमुख कारक मध्ये मानिन्छ । त्यसैले व्रत बस्ने भन्दैमा एकैपटक साविकको भन्दा बढी कखानपान नगर्नुहोस् ।
मदिराः नेपालमा मदिरा संस्कृतिम ौलाउँदै गएसँगै दर खाने दिनमा पनि मदिराको प्रयोग गर्नेगरेको पाइन्छ । व्रत बस्ने अघिल्लो दिन मदिराजन्य पदार्थको उपभोग गर्नु पनि स्वास्थ्यका दृष्टिकोणले निकै जोखिमपूर्ण मानिन्छ । किनकी मदिरा ग्याष्ट्रिक, एसिडिटि लगायतका रोगका लागि प्रमुख कारक मानिन्छ । यसै पनि मदिरा स्वास्थ्यका दृष्टिकोणले उपयुक्त मानिंदैन, त्यमाथी पनि खाली पेट बस्ने अघिल्लो दिन मदिरा प्रयोग गर्दा यसले स्वास्थ्यमा जटिल समया ननिम्त्याउला भन्न सकिन्न ।
के खाने ?
दरमा फलफुलजन्य पदार्थहरुको प्रयोग बढी गर्नुहोस् । कम चिल्लो र कम मसला प्रयोग गरी घरमा बनाएका परिकारहरुलाई नै बढी ध्यान दिनुहोस् । बजारबाट ल्याइएका खाना स्वस्थकर नहुनपनि सक्छन् । त्यसैले ठिक्क मात्रामा स्वस्थकर खानाको प्रयोग गर्नुहोस् जसले तपाईंको स्वास्थ्यलाई पनि असर नपुर्याओस् ।
व्रतका दिनमा पनि यदि तपाईंको स्वास्थ्य अनकुल छैन भने व्रत अनिवार्य बस्नुपर्छ भन्ने छैन । किनकी स्वास्थ्य राम्रो रहे न अन्य सबै राम्रा हुन्छन् । यदि व्रत बस्नै मन कछ भनेपनि फलफुल प्रसस्त पानीको प्रयोगमा जोड दिनुहोस् । यसले तपाईंको तीज साँच्चै उल्लासमय बनाउनेछ ।- नेपालीपत्र डटकम
No comments: