पशुपति क्षेत्र विकास कोषद्धारा हरितालिका तीजको सम्पूर्ण तयारी पूर
पशुपति क्षेत्र विकास कोषले यो वर्षको हरितालिका तीजको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दर्शनार्थीको लाइन व्यवस्थापन, प्राथामिक स्वास्थ्योपचार र सुरक्षाका सबै तयारी पूरा भएको कोषले जानकारी दिएको छ ।
पशुपति क्षेत्र विकास कोषले हरितालिका तीजको अवसरमा पशुपतिनाथको दर्शनमा आउने दर्शनार्थीहरुको सेवा सुविधाकोलागि सम्पूर्ण तयारी पूरा भएको वताएको छ । नेपाल प्रहरी र सशस्त्रको एकीकृत व्यवस्थामा सुरक्षा व्यवस्था मिलाएको यो वर्षको तीजमा श्रद्धालुहरुको लाइन र स्वास्थ्योपचारको प्रवन्धलगायतको तयारी पूरा भएको कोषको भनाई छ ।
कोषले विगतको वर्षहरुमा भन्दा यस वर्ष अझ फरक शैलीमा व्यवस्थापन गरिएको दाबी गरेको छ । कोषले यो वर्ष टिकटको व्यवस्था हटाएको जनाएको छ । टिकट विक्री न्युन हुने तर हल्ला मात्र धेरै हुने भन्दे कोषले व्यवस्था खारेज गरेको हो । पूजाआजामा भीडभाड हुन नदिन स्वयम्सेवीहरुलाई पशुपति मन्दिर वाहिरमात्र खटाइने भएको छ ।
पशुपति क्षेत्र र दर्शनार्थीहरुको सुरक्षाका लागि कोषले अत्याधुनिक सिसिटिभीवाट निगरानी गर्नेछ । हरितालिका तीज महिलाहरुको महान पर्व भएकोले पुरुषहरुको लागि नित्य पूजा वाहेकको समयमा मन्दिर प्रवेशमा रोक लगाइएको कोषले जानकारी दिएको छ । बृद्ध, शारीरिक अशक्त भएका दर्शनाथीलाई प्राथमिकतापूर्वक सहज दर्शनको व्यवस्था समेत कोषले गरेको छ । पशुपति विकास कोषले यो वर्ष ९ लाख दर्शनार्थीहरुले दर्शन गर्ने अनुमान गरेको छ भने त्यही अनुसारको तयारी गरेको जनाएको छ ।साभार: न्यूज24 नेपाल
No comments: