Top Ad unit 728 × 90

a
Ad Inside Post

कालिका भगवती मन्दिरमा ४ लाख भक्तजनले दर्शन गरे

बागलुङ, २२ असोज । नवरात्री सुरु भएसंगै बागलुङको प्रसिद्ध शक्तिपिठ कालिका भगवती मन्दिरमा झण्डै ४ लाख भक्तजनले दर्शन गरेका छन् ।
आश्विन शुक्ल प्रतिपदाका दिनमा वैदिक विधिपुर्वक घटस्थापना गरी जमरा राखेपछि सुरु हुने नेपालीको महान चाड दशैँ सुरु भएसंगै मन्दिरमा भक्तजनको भिड लागेको हो ।
पाँचसय बर्ष पुरानो कालिका भगवती मन्दिरमा नवरात्री सुरु भएसंगै दैनिक हजारौँ भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । देवी भवगतीको दर्शनका लागि देशका विभिन्न स्थानबाट भक्तजन बागलुङ आउने गर्छन् । नवरात्रिको अवधिमा बिहानैदेखि पूजाआजा सुरु हुने गरेको मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । पूजा व्यवस्थापन र भक्तजनको सुविधाका लागि समितिले विशेष प्रबन्ध मिलाएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो ।
मन्दिरको सुरक्षा प्रबन्ध मिलाउनका लागि नेपाल प्रहरी तथा स्वयम्सेवक खटाइएको छ । भगवती मन्दिरमा पूजाआजा गर्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहि आएको छ । दशैँको नवरात्रमा यस मन्दिरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको धुमधामका साथ पूजाआजा हुने गरेको छ । समितिका अध्यक्ष खड्काका अनुसार नवरात्री सुरु भएपछि झण्डै ४ लाख भक्तजनले दर्शन गरेको र ८ लाख रुपैँया दर्शनार्थीले चढाएको भेटी संकलन भएको बताउनुभएको छ ।
समितिले मन्दिर परिसरमा फ्रि वाईफाई, पार्किङ, खानेपानी, निशुल्क स्वास्थ्य परिक्षणको व्यवस्था मिलाएको जनाएको छ । दैनिक नेपालबाट

कालिका भगवती मन्दिरमा ४ लाख भक्तजनले दर्शन गरे Reviewed by a on 2:40 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.