आउँदो माघ/फागुनसम्म मेरो विवाह हुन सक्छ: कोमल वली
काठमाडौं । लोक गीतकी चर्चित गायिका कोमल ओलीले आउँदो माघ/फागुनसम्ममा विवाह हुन सक्ने रहस्य खोलेकी छिन्।
‘पोईल जान पाँम’भन्दै तीज गीत निकालेर चर्चामा आएकी गायिका,संचारकर्मी एवं अभिनेत्री कमल ओलीले मिडिया एनपी विशेषसँग कुराकानी गर्दै यस्तो रहस्य खोलेकी हुन्।
विवाहको बारेमा प्रश्न गर्दा उनले भनिन्, ‘ अब भने बिहेको लागि केही सोचिरहेकी छु। सायद यो बर्षको माघ फागुनसम्म विवाह हुन सक्छ। तर मिडिया एनपी डटकमले कुर्नुपर्यो माघ/फागुनमै हो की सेकेण्ड लास्ट हो(हास्दै)।’
गायिका ओलीले यस पटकको दशैँ आफ्नो परिवारसँगै मनाउने सोच रहेको बताइन्। उनी पछिल्लो समय राजनीतिमा पार्टीमा सक्रिय रहेने समेत जानकारी दिइन्। उनले आफू चाँडै नै पार्टी प्रवेश गर्ने सूरमा रहेको तर कुन पार्टीमा त्यो भने पछि मात्र खुलाउन चाहेको बताइन्।साभार : मिडिया एनपी
आउँदो माघ/फागुनसम्म मेरो विवाह हुन सक्छ: कोमल वली
Reviewed by a
on
2:41 AM
Rating:
Reviewed by a
on
2:41 AM
Rating:
No comments: