६८ दिनसम्म व्रत बसेकी १३ वर्षीय बालिकाको मृत्यु भएपछि विवाद
काठमाडौं । ६८ दिनसम्म लगातार व्रत बसेकी भारतको हैदरावादकी एक १३ वर्षकी बालिकाको मृत्यु भएको छ । भारतीय टेलिभिजनको अनलाइन संस्करणका अनुसार ती बालिका जैन धर्मअन्तर्गत पवित्र ‘चौमासा’ व्रत राखिरहेकी थिइन् ।
आराधना नाम गरेकी ती बालिका आठ कक्षामा हैदरावादको एक स्कुलमा पढ्ने गरेको बताइएको छ । ६८ औं दिनमा व्रत तोडेपछि उनलाई तुरुन्तै अस्पतालमा भर्ती गरिएको थियो । हृदयाघातका कारण उनको मृत्यु भएको बताइएको छ ।
उनको परिवारलाई चिन्ने व्यक्तिहरुका अनुसार ती बालिकाले पहिले पनि ४१ दिनको उपवास सफलतापूर्वक सम्पन्न गरेकी थिइन् ।
व्रत बसेपछि स्कुल जान छोडेकी ती बालिकालाई किन त्यति लामो समयसम्म व्रत बस्न दिइयो भन्ने विषयमा विवाद उत्पन्न भएको छ । बाह्रखरीबाट
६८ दिनसम्म व्रत बसेकी १३ वर्षीय बालिकाको मृत्यु भएपछि विवाद
Reviewed by a
on
2:43 AM
Rating:
No comments: