Top Ad unit 728 × 90

a
Ad Inside Post

पाकिस्तानको देवीथानमा हिन्दु र मुसलमान श्रद्धाले शिर झुकाउँछन्

काठमाडौं, २० असोज — पाकिस्तानको बलुचिस्तानमा रहेको माता हिंगलाज शक्तिपीठमा देवीको प्राचीन दर्शनीय प्रतिमा विराजमान छ । कराँचीमा रहेको यो मन्दिर सुरम्य पहाडको मुन्तिर रहेको छ ।
हिंगलाज शक्तिपीठलाई मुसलमानहरू ‘नानी का हज’ भन्छन् । यो शक्तिपीठमा हिन्दु र मुसलमानको भेदभाव छैन । दुवै धर्मका मानिस भक्तिपूर्वक यस मन्दिरमा शिर झुकाउँछन् ।
यस शक्तिपीठको विषयमा ब्रह्मवैवर्त पुराणमा भनिएको छ, ‘जसले एकचोटि माता हिंगलाजको दर्शन गर्छ, उसलाई पूर्वजन्मको कर्मको दण्ड भोग्नुपर्दैन ।’
पौराणिक कथा अनुसार भगवान् शंकर माता सतीको मृत शरीर लिएर हिँड्दा माताको शिर खसेको थियो ।
नवरात्रका बेलामा यहाँ ठूलो मेला लाग्छ । नौ दिनसम्म शक्ति उपासनाको विशेष आयोजन गरिन्छ । हजारौं भक्तजन यहाँ माताको दर्शन गर्न आउँछन् ।साभार: लोकान्तर

पाकिस्तानको देवीथानमा हिन्दु र मुसलमान श्रद्धाले शिर झुकाउँछन् Reviewed by a on 3:15 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.