Top Ad unit 728 × 90

a
Ad Inside Post

ओलीले भने, ‘अब दलहरुबीचको दुरी घट्छ, राजाले सोँचेजस्तो हुन्न’

असोज २२ ।भक्तपुर – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बिजयादशमीको उपलक्ष्यमा शुभकामना दिँदै दसैँपछि दलहरुको बीचको बढेको दुरी घट्ने र सम्बन्ध सकारात्मक हुने आशा व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल केन्द्रीय समितिले शनिबार ओली निवासमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा ओलीले भने ‘संविधान कार्यान्वयन मार्फत मुलुकको सम्वद्धि गर्नुपर्दछ ।’
समयमा नै सबै तहको निर्वाचन गर्न सरकारले आवश्यक कदम चाल्नेमा समेत ओलीले विश्वास गरेका छन् ।
मुलुकलाई अगाडी बढाउने कुरामा कुनै पनि शक्तिले रोक्न नसक्ने भन्दै ओलीले पूर्व राजा ज्ञानेन्द्र शाहले चाहे जस्तो कुनैपनि हालतमा नहुने दाबी गरेका छन् । पूर्व राजाले दलहरुले १० वर्षसम्म नगरेको आरोप लगाएको बारे पत्रकारहरुले गरेको प्रश्नमा ओलीले उक्त जवाफ दिएका थिए ।
कार्यक्रममा एमाले सचिव प्रदीप ज्ञवाली, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत, वरिष्ठ उपाध्यक्ष माधव नेपाल तथा सञ्चारकर्मीहरुकको बाक्लो उपस्थिती रहेको थियो ।रातोपाटीबाट

ओलीले भने, ‘अब दलहरुबीचको दुरी घट्छ, राजाले सोँचेजस्तो हुन्न’ Reviewed by a on 3:38 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.