Top Ad unit 728 × 90

a
Ad Inside Post

बिबाह गर्दै हुनुहुन्छ ? हेर्नुस कुन राशीसंगको सम्बन्ध कस्तो हुन्छ ? जानि राखौ…..

राशीका स्वभाव अलग अलग हुन्छन् । यी राशीका कारण
व्यक्तिका स्वभाव र भविश्य निर्धारण गरिन्छ । राशिको
स्वभावका आधारमा सम्बन्ध, दोस्ती, प्रेम प्रसङ्ग पनि निर्भर
हुन्छ । कतिलाईत कोतुहुल्ता होला कुन राशिसंग बिबाह गर्दा
राम्रो होला भन्ने कुरा । तपाईको राशीले निर्धारण गर्छ कस्तो
साथी पाउनु हुन्छ ।
१, मेष राशी
जुन मान्छेको राशी मेष हो उसको लागि मेष, सिंह या धनु राशी
हुनेहरु सबैभन्दा राम्रो हुनेछन् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम
रहन्छ ।मेष राशी हुने मानिसको लागि कुम्भ, तुला या मिथुन राशी
हुने साथी सामान्य रहन्छन् । यीनको प्रेम सम्बन्ध आपसी
तालमेलमा अधिक निर्भर रहन्छ । वृष, कन्या या मकर राशी हुने
मानिसकासँग मेष राशीको प्रेम सम्बन्ध सफल हुने सम्भावना
५०–५० रहन्छ । मेष राशी हुने मानिसको लागि वृश्चिक, मीन या
कर्कट राशीका साथी उत्तम मानिँदैन । यीनीहरुका बीचको प्रेम
सम्बन्ध सफलहुने सम्भावना एकदम कम हुन्छ ।
२, वृष राशि
वृष राशी हुने मानिसको लागि वृष, कन्या या मकर राशीका साथी
श्रेष्ठ हुन्छ । यीनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी कुनै
व्यक्तिको राशी वृष हो र उ कर्कट, वृश्चिक या मीन राशीका
साथी रोज्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जो
मानिसको राशी वृष हो उनको लागि मेष, सिंह, या धनु राशीका
व्यक्तिसँग प्रेम सम्बन्ध सफल हुने सम्भावना ५०–५० रहन्छ
। वृष राशीका लागि मिथुन, तुला या कुम्भ राशी हुनेहरूका साथ
जोडी राम्रो मानिदैन ।
३, मिथुन राशि
मिथुन राशीका मानिसका लागि मिथुन,तुला या कुम्भ राशीका
साथी सबैभन्दा राम्रो हुनेछन् । यिनको प्रेम सम्बन्ध पनि
उत्तम नै रहन्छ । यदी कुनै व्यक्तिको राशी मिथुन हो र उ मेष,
धनु या सिंह राशीका साथी छान्न चाहन्छ भने त्यो जोडी
सामान्य रहनेछ । जुन मानिसको राशी मिथुन छ उनको लागि
कर्कट, वृश्चिक या मीन राशीको व्यक्तिसँग प्रेम सम्बन्ध
सफल हुने संभावना ५०–५० हुन्छ । मिथुन राशीका लागि वृष,
कन्या या मकर राशीसँग जोडी राम्रो मानिदैन ।
४, धनु राशि
धनु राशी हुने मानिसको लागि मेष, सिंह या धनु राशीका साथी
उत्तम मानिन्छ । यिनको प्रेम सम्बन्ध उत्तम रहन्छ । यदी
कुनै व्यक्तिको राशी धनु हो र उ मिथुन, तुला या कुम्भ राशीका
साथी बनाउन चाहन्छ भने यो जोडी सामान्य रहन्छ । जुन
मानिसको राशी धनु हो उसको लागि वृष, कन्या या मकर राशीको
व्यक्तिको साथ प्रेम सम्बन्ध सफल हुने ५०–५० सम्भावना
रहनेछ । धनु राशीका लागि कर्कट, वृश्चिक या मीन राशी
हुनेहरुका सँगको जोडी त्यति राम्रो मानिदैन ।
५, कर्कट राशि
जुन मानिसको राशी कर्कट हो उनको लागि कर्कट, वृश्चिक या
मीन राशीको साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध
उत्तम मानिन्छ । कर्कट राशीका मानिसका लागि वृष, कन्या या
मकर राशीका साथी सामान्य हुन्छन् । यिनको प्रेम सम्बन्ध
आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन, तुला या कुम्भ
राशीका मानिससँग कर्कट राशीको प्रेम सम्बन्ध सफल हुने
सम्भावना ५०–५० रहन्छ । कर्कट राशीका मानिसका लागि
मेष, सिंह या धनु राशी हुनेहरु त्यति राम्रो मानिदैनन् । यिनीहरुको
प्रेम प्रसंगको सफलताको सम्भावना पनि एकदमै कम हुन्छ ।
६, सिंह राशि
सिंह राशीका मानिसका लागि मेष, सिंह या धनु राशीका साथी
उत्तम हुन्छ । यिनका बीचको प्रेम सम्बन्ध सफल हुन्छ । यदि
कुनै व्यक्तिको राशी सिंह हो र उ मिथुन,तुला या कुम्भ राशीका
साथीसँग मित्रता राख्न चाहन्छ भने यो जोडी सामान्य रहने छ ।
जनु मानिसको राशी सिंह हो, उसको लागि वृष, कन्या या मकर
राशी के व्यक्तिका साथ प्रेम सम्बन्ध हुने सम्भावना ५०–५०
हुन्छ । सिंह राशीका लागि कर्कट, वृश्चिक या मीन राशीसंगको
जोडी त्यती राम्रो हुँदैन ।
७, कन्या राशि
जुन मानिसको राशी कन्या हो त्यो मानिसका लागि वृष, कन्या या
मकर राशीका साथी उत्तम मानिन्छ । यिनीहरुको प्रेम सम्बन्ध
उत्तम हुन्छ । कन्या राशीका मानिसका लागि कर्कट, वृश्चिक
या मीन राशीका साथी सामान्य मानिन्छन् । यिनको प्रेम
सम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मेष, सिंह र
धनु राशीका मानिसका साथ कन्या राशीका प्रेम सम्बन्ध सफल
हुने संभावना ५०–५० रहन्छ । कर्कट राशीका मानिसका लागि
मिथुन, तुला या कुम्भ राशीकासँगको मित्रता त्यति राम्रो
मानिदैन । यिनीहरुको बीचको प्रेम सम्बन्ध पनि निकै कम हुन्छ ।
८, तुला राशि
तुला राशीका मानिसका लागि मिथुन तुला या कुम्भ राशीका साथी
सबैभन्दा उत्तम मानिन्छ्न् । यिनीहरूको प्रेम सम्बन्ध उत्तम
हुन्छ । यदी कुनै व्यक्तिका राशी तुला हो र उ मेष, सिंह या धनु
राशीका साथी छनौट गर्न चाहन्छ भने यो जोडी सामान्य रहन्छ
। जुन मानिसको राशी तुला हो उनको लागि कर्कट, वृश्चिक या
मीन राशीका व्यक्तिसँग प्रेमसम्बन्ध सफल हुने संभावना ५०–
५० हुन्छ । तुला राशीका लागि वृष, कन्या या मकर राशीका साथ
जोडी बन्नु बनाउनु त्यति राम्रो हुँदैन ।
९, वृश्चिक राशि
जुन मानिसको राशी वृश्चिक हो ति मानिसका लागि कर्कट,
वृश्चिक या मीन राशीका साथी उत्तम मानिन्छन् । यिनको प्रेम
सम्बन्ध सफल रहन्छ । वृश्चिक राशीका मानिसका लागि वृष,
कन्या या मकर राशीका साथी सामान्य रहन्छ । यिनको
प्रेमसम्बन्ध आपसी तालमेलमा अधिक निर्भर रहन्छ ।
मिथुन,तुला या कुम्भ राशीका मानिसका साथ कन्या राशीका
प्रेमसम्बन्ध सफल हुने संभावना ५०–५० रहन्छ । वृश्चिक
राशीका मानिसका लागि मेष, सिंह या धनु राशीसँगको मित्रता
राम्रो हुँदैन । यिनीहरूको प्रेम सम्बन्धको सफलता पनि कमै
संभावना हुन्छ ।
१०, मकर राशि
जुन मानिसको राशी मकर हो ती मानिसका लाथि वृष, कन्या या
मकर राशीका साथी सबैभन्दा राम्रो मानिन्छ । यिनीहरुको प्रेम
सम्बन्ध उत्तम हुन्छ । मकर राशीका मानिसका लागि कर्कट,
वृश्चिक या मीन राशीका साथी सामान्य रहन्छन् । यिनीहरुको
प्रेम सम्बन्ध आपसी तालमेलमा निर्भर रहन्छ । मेष, सिंह या
धनु राशी का मानिसका साथ सम्बन्ध सफल हुने सम्भावना
५०–५० रहन्छ । मकर राशीका मानिसक लागि मिथुन, तुला या
कुम्भ राशी सँगकोे सम्बन्ध राम्रो मानिदैन । प्रेम सम्बन्धको
सफलता पनि एकदमै कम हुन्छ ।
११, कुंभ राशि
कुम्भ राशी भएका मानिसका लागि मिथुन, तुला या कुम्भ राशीका
साथी उत्तम मानिन्छन । यिनीहरूका बीचको प्रेम सम्बन्ध राम्रो
हुन्छ । यदी कुनै व्यक्तिको राशी कुम्भ हो भने मेष, सिंह या धनु
राशीका साथी छनौट गरे यी साथीको जोडी सामान्य रहने छ ।
जुन मानिसको राशी कुम्भ हो उनको लागि कर्कट वृश्चिक या
मीन राशीका व्यक्तिका साथ प्रेमसम्बन्ध सफल हुने सम्भावना
५०–५० प्रतिशत हुन्छ । कुम्भ राशीका लागि वृष, कन्या या
मकर राशी हुनेहहरुको सम्बन्ध राम्रो मानिएको छैन ।
१२, मीन राशि
जुन मानिसको राशी मीन हो उसको लागि कर्कट, वृश्चिक या
मीन राशीका साथी उत्तम हुन्छन् । यिनीहरुको प्रेम सम्बन्ध
पनि उत्तम हुन्छ । मीन राशीका मानीसका लागि वृष, कन्या या
मकर राशीका साथी सामान्य हुन्छ । यिनीहरुको प्रेम प्रसंग
आपसी तालमेलमा अधिक निर्भर रहन्छ । मिथुन,तुला र कुम्भ
राशीका मानिसका साथ मीन राशीको प्रेम सम्बन्ध सफल हुने
सम्भावना ५०–५० हुन्छ । मीन राशीका मानिसका लागि मेष,
सिंह या धनु राशीका साथी त्यति उत्तम मानिदैन । यिनीहरूको
प्रेम सम्बन्धको सफलताको सम्भावना एकदमै कम हुन्छ ।

बिबाह गर्दै हुनुहुन्छ ? हेर्नुस कुन राशीसंगको सम्बन्ध कस्तो हुन्छ ? जानि राखौ….. Reviewed by a on 3:35 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.