आजको राशिफल : विक्रसम्वत २०७३ साल पौष ११ गते सोमवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर २६ तारिक कृष्णपक्ष त्रयोदशी तिथि
आजको राशिफल : विक्रसम्वत २०७३ साल पौष ११ गते सोमवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर २६ तारिक कृष्णपक्ष त्रयोदशी तिथि
आजको पञ्चाङ्ग
श्रीसूर्य दक्षिणायन हेमन्त ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८,विक्रसम्वत २०७३ साल पौष ११ गते सोमवार नेपाल सम्बत ११३७ थिँल्लागा,सन् २०१६ डिसेम्बर २६ तारिक कृष्णपक्ष त्रयोदशी तिथि दिनरातभर,अनुराधा नक्षत्रदिनरातभर, धृतियोग, गरकरण, आनन्दादियोग मानस,सूर्य धनु राशीमा,चन्द्रमा वृश्चिक राशीमा ।
मेषः– दिन प्रतिकुल देखिन्छ हरेक ठाँउमा समस्या आउन सक्छ । मानसिक तनाव बढ्नेछ । आहार विहार नमिल्दा स्वास्थ्य कमजोर बन्नेछ । भौतिक सम्पतिको नास हुनसक्छ ।
वृषः–सामान्यतया दिन अनुकुल जस्तै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । मिलेर गरेका काम विग्रिनेछन्,स्वतन्त्र व्यापारबाट आय आर्जन बढ्नेछ । अवसरको सदुपयोग गर्नु होला ।
कर्कटः–दुविधामा परेर काम नगर्नु होला विग्रिने छन् । अरुको काम गरेर जश पाईने छैन, रिस,अहंकार र क्रोध मात्रै बढ्नेछ । पठन पाठनमा सामान्य प्रगति हुनेछ । व्यापारबाट स्वल्प लाभ हुनेछ ।
सिंहः– आफुले सोचे जस्तो कहि कतै नहुनसक्छ । तनाव बढ्ने तथा संचित धन नोक्सान हुन सक्छ,सम्पतिको विषयमा विवाद पर्न सक्छ ,आलोचना बढ्नेछ । पारिवारिक खर्च बढ्नेछ ।
कन्याः–काम गर्ने उत्साहामा वृद्धि हुनेछ । कामको नयाँ अवसर आउन सक्छ । कारोवारमा सुधार आउनेछ,नोकरी तथा राजनीतिमा अवसर गुम्न सक्छ सतर्क हुनुहोला । व्यापार बढ्नेछ ।
तुलाः– वोलिको प्रभाव कर्मै पर्नेछ । परिश्रमपूर्वक गरेका काम सफल हुनेछन् । ऋण लगानीमा जोड नदिनु होला । आफन्तका कारण धन खर्च हुनसक्छ । अरुको धेरै विश्वास नगर्नु होला ।
वृश्चिकः–शारीरिक एवं मानसिक रुपमा काम गर्न सक्षम हुनुहुनेछ । उत्तम भोजन र आसन प्राप्तिको योग पनि देखिन्छ । हतारमा गरेका काम विग्रिन सक्छन । मेहनत गरेमा सफल हुनेछन् ।
धनुः–प्रतिकुल काम बढि हुनेछन् । अनावस्यक क्षेत्रमा लगानी हुनसक्छ । समयले साथ दिने देखिन्न काम विग्रिने छन् । स्वास्थ्यमा लगानि बढ्नेछ । व्यापारमा मुनाफा कम होला ।
मकरः– आकस्मिक आम्दानीको योग देखिन्छ । दैनिक काममा प्रगति हुने तथा व्यापार व्यवसायबाट राम्रो आम्दानी हुनेछ । घर परिवार,आफन्तजनको सहयोग पाईनेछ योग छ।
कुम्भः– ग्रह,गोचर बलियो देखिन्छ । विगतमा रोकिएका कामले गति लिनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ, विवादको टुङ्गो लाग्ने तथा बाँकी रहेका काम सम्पन्न हुनेछन् ।
मिनः– समयले अझै पनि पूर्ण साथ दिने देखिन्न । अनावस्यक काममा टाउको दुखाउनु पर्ला,इज्जत प्रतिष्ठामा आच आउन सक्छ । छोटो दुरीको यात्रा हुनसक्छ। पढाईमा थोरै ध्यान जानेछ ।
जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐ शान्ति, ॐ शान्ति, ॐ शान्ति, ।
Reviewed by a
on
2:57 PM
Rating:
No comments: