Top Ad unit 728 × 90

a
Ad Inside Post

यस्तो छ उपप्रधानमन्त्री महराको शुभकामना सन्देश

काठमाडौँ, २५ असोज । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले हिन्दू नेपालीको महान् पर्व विजयादशमी, शुभ दीपावली, छठ र नेपाल सम्वत्को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक एवम् बहुधार्मिक विविधताले भरिपूर्ण राष्ट्र भएको र चाडपर्व तथा संस्कृतिले समाजलाई एकताको सूत्रमा हिँडाउन मद्दत गरिरहेका हुन्छ भन्दै उहाँले सांस्कृतिक धरोहरका रुपमा रहेका हाम्रा पर्वले नेपालीमा मजबुत एकता निर्माणका लागि सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो ।
अहिले हामी संविधान कार्यान्वयनको दिशामा छौँ, समयभित्रै निर्वाचन गराउनुपर्ने हाम्रो जिम्मेवारी छ भूकम्पपछिको पुनःनिर्माण तथा राहत हाम्रो अर्को मुख्य जिम्मेवारी भएकाले यसका लागि हामीबीचको एकता र सहकार्यले यी र यस्ता जिम्मेवारी पूरा गर्न प्रेरणा दिइरहने जारी विज्ञप्तिमा जनाइएको छ । रासस

यस्तो छ उपप्रधानमन्त्री महराको शुभकामना सन्देश Reviewed by a on 2:56 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.