Top Ad unit 728 × 90

a
Ad Inside Post

ऋतिकको फिल्मको विषयमा सोधिएको प्रश्नमा पूर्वपत्नी सुजैनको यस्तो जवाफ

ऋतिक रोशको बुहप्रतिक्षित फिल्म ‘काबिल’ आउँदो जनवरी २५ तारिखमा रिलिज हुँदैछ । भर्खरै ऋतिक रोशनकी पूर्वपत्नी सुजैन खानलाई एक कार्यक्रममा उनको डिजाइन भेन्चरका लागि अवार्ड प्रदान गरियो । यो मौकामा जब उनलाई पूर्व श्रीमान् ऋतिक रोशनको फिल्म ‘काबिल’ को विषयमा प्रश्न सोधियो तब सुजैनले निकै सहजतापूर्वक उत्तर दिइन् ।
रिपोर्टका अुनसार सुजैनलाई जब फिल्म ‘काबिल’ को विषयमा प्रश्न सोधियो तब उनले मुस्कानका साथ बुढी औंला उठाउँदै ‘अल द बेस्ट’ भनिन् । साथै, उनी भन्छिन्, ‘मलाई लाग्छ उनले फिल्ममा निकै राम्रो काम गरेका छन् । यो फिल्म पक्कै पनि सफल हुनेछ ।’
स्मरण रहोस्, केहि दिन अघि ऋतिक र सुजैनलाई एकैसाथ मुम्बईको बान्द्रास्थित एक होटल बाहिर देखिएको थियो । यो क्रममा उनीहरुसँग उनका दुई छोरा ऋहान र ऋदान पनि उपस्थित थिए ।
यी दुबैको सन् २०१३ मा सम्बन्धविच्छेद भएको थियो ।
Rato Pati

ऋतिकको फिल्मको विषयमा सोधिएको प्रश्नमा पूर्वपत्नी सुजैनको यस्तो जवाफ Reviewed by a on 11:20 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.