Top Ad unit 728 × 90

a
Ad Inside Post

‘राजेन्द्र महतोजी केपी ओली मधेसमा बस्ने पहाडी हुन भन्ने तपाईं त नेपालमा बस्ने ‘इन्डियन’ हो नि !’

काठमाडौं, ११ पुस । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मधेसमा बस्ने पहाडी भनेपछि मधेसी युवाहरु आक्रोशित भएका छन् । एमाले निकट युवा संघ नेपालका सचिवालय सदस्य एवं मधेसका युवा नेता सञ्जीव कुमार झाले महतोको भनाईमा आपत्ति जनाउँदै उनलाई नेपालमा बस्ने ‘इण्डियन’ भनेका छन् । आइतबार एभिन्युज टेलिभिजनसँग कुरा गर्दै झाले ‘राजेन्द्र महतोजी केपी ओली मधेसमा बस्ने पहाडी हुन भन्ने तपाईं त नेपालमा बस्ने ‘इन्डियन’ हो नि !’ भनेर टिप्पणी गरेका थिए । उनले अगाडि भनेका छन्- ‘तपाईंको जन्मदेखि अध्ययन सबै इन्डियामा भएको हो । अहिले पनि तपाईको पुस्तैनी घर यथाबत छ इन्डियाको बिहारमा । जहाँबाट आउनु भएछ त्यै फर्किनुस ।’ उनले आफूलाई मधेसको मसिहा ठान्नेहरु नै अहिले चुनावमा जान डराइरहेको बताए । ‘म मधेसको मसिहा होइन् । एउटा युवा राजनीतिज्ञ हुँ । अहिले जो आफूलाई मसिहा ठानिरहेका छन् । तिनीहरु जनतासँग किन डराइरहेका छन् ? को मसिहा भन्ने कुरा चुनावमा जनताले छिनोफानो गर्नेछन्,’ झा ले भने ।

‘राजेन्द्र महतोजी केपी ओली मधेसमा बस्ने पहाडी हुन भन्ने तपाईं त नेपालमा बस्ने ‘इन्डियन’ हो नि !’ Reviewed by a on 11:16 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.