Top Ad unit 728 × 90

a
Ad Inside Post

संविधान संशोधन प्रस्ताव तत्काल फिर्ताका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक

रोल्पा – रोल्पा, प्यूठानलगायतका पहाडी जिल्लालाई ५ नं प्रदेशबाट छुट्याउने गरी संसद्मा दर्ता भएको संविधान संशोधन प्रस्ताव तत्काल फिर्ता नलिए सरकारविरुद्ध आन्दोलन गर्ने सङ्घर्ष समिति रोल्पाले जनाएको छ ।
सङ्घर्ष समिति रोल्पाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक एवम् नेपाली काँग्रेस रोल्पाका सांसद् अमरसिंह पुनले आफू रोल्पाली जनताको प्रतिनिधि भएको हुँदा जनताको भावनाविपरीत उभिन नसक्ने बताए ।
उनका अनुसार संविधान संशोधन प्रस्ताव फिर्ता लिनका लागि सरकारलाई दबाव दिने उद्देश्यले मङ्गलबारदेखि १८ गतेसम्म ५ नंम्बर प्रदेशअन्तर्गतका सबै नेपाली नागरिकको हस्ताक्षर सङ्कलन गर्ने, पुस १९ र २० गते प्रत्येक गाविस तथा नगरपालिकाका वडामा विरोध जुलुस तथा सभा गर्ने, पुस २१ देखि २६ गतेसम्म प्रचार प्रसार गर्ने र पुष २७ गते केन्द्रीय नेताहरुको उपस्थितिमा प्रत्येक जिल्लामा विरोध जुलुस तथा सभा गर्ने कार्यक्रम तय भएका छन् ।

संविधान संशोधन प्रस्ताव तत्काल फिर्ताका लागि आन्दोलनका कार्यक्रम सार्वजनिक Reviewed by a on 7:11 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.