Top Ad unit 728 × 90

a
Ad Inside Post

अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाले सलमान खानको मजाक उडाएप

बलिउड अभिनेता अक्षय कुमारकी पत्नी तथा अभिनेत्री ट्विंकल खन्ना आजकल आफ्ना लेखका कारण चर्चामा आउने गरेकी छिन् । केही समय अघि उनले नोटबन्दी र थिएटर्समा राष्ट्रिय गानलाई लिएर सरकारको नीतिप्रति आलोचना गरेकी थिइन् । यसपटक भने उनको निशानमा परेका छन् सलमान खान ।
उनले पछिल्लो पटक लेखेको कोलममा मेट्रीमोनिएल ऐड दिएकी छिन् । यसमा सलमानलाई ब्यंग गर्दै उनले भनेकी छिन्,‘देशका सबैभन्दा जेष्ठ तथा मोष्ट एलिजिबल ब्याचलर । ड्यासिङ, ननभेजिटेरिएन, सक्ससेसफुल खानदानी युवा । उनी ड्रामा गर्न माहिर छन् ।उनको लागि एउटा राम्री, अल्की, स्लिम र थोरै बोल्ने केटी चाहियो । केटालाई धेरै बकबक गर्ने केटी मन पर्दैन । कुनै पनि जात चल्ने । कन्ट्याक गर्नुहोस् सुल्टानएडदरेटभाइजान डटकम’
ट्विंकल खन्नाले मजाक उडाए पनि सलमान खानले एक कार्यक्रममा आफु विवाह गर्नका लागि तयार रहेको बताएका थिए । उनले सिंगिङ रियालिटी सोमा विवाह गर्न आफु इच्छुक रहेको बताएका थिए । तर, सलमान खानले आफु प्रेमको मामिलामा एकदमै अभागी समेत रहेको बताएका थिए ।

अक्षय कुमारकी पत्नी ट्विंकल खन्नाले सलमान खानको मजाक उडाएप Reviewed by a on 7:26 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.