पहिलो दलित महिला स्थानीय विकास अधिकारी सम्मानित
भोजपुर, १४ पुस । नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारी सीता परियार भोजपुरमा सम्मानित हुनुभएको छ । नेपाल उत्पीडित जातीय मुक्ति समाज भोजपुरले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा परियारलाई मङ्गलबार सम्मान गरेको हो । दलित समुदायको एक मात्र महिला स्थानीय विकास अधिकारी भएर दलितका लागि उदाहरणीय पात्र भएकाले कदरपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको समाजले जनाएको छ ।
रुपकोट–२ कास्कीमा जन्मनुभएकी परियार भोजपुर जिल्लाको ३२आँै स्थानीय विकास अधिकारी र नेपालकै पहिलो दलित महिला स्थानीय विकास अधिकारीसमेत रहनुभएको छ । उहाँले यसअघि दोलखा जिल्लाको स्थानीय विकास अधिकारीका रुपमा काम गरिसक्नुभएको छ । कार्यक्रममा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले संविधानमा दलित समुदायका लागि स्पष्ट व्यवस्था गरिएको बताउनुभयो ।
पहिलो दलित महिला स्थानीय विकास अधिकारी सम्मानित
Reviewed by a
on
12:43 AM
Rating:
No comments: