अनुष्काले खोलिन निर्देशक करणले आफुलाई यौन दुर्व्यवहार गरेको रहस्य
एजेन्सी– बलिउड अभिनेत्री अनुष्का शर्माले फिल्म ‘ऐ दिल है मुश्किल’का निर्माता तथा निर्देशक करन जौहरविरुद्ध यौन दुर्व्यवहारको मुद्दा दर्ता गर्ने मनस्थित भएको बताएकी छिन् ।
‘कफि विथ करण’ शोमा क्याट्रिना कैफको साथमा पुगेकी अनुष्काले कारणसँगै यस्तो कुरा बताएकी हुन् । उनले भनेकी छिन् ‘फिल्म ऐ दिल है मुश्किल’को सुटिङका क्रममा करणले गलत तरिकाले छुन्थे । म यौन दुर्व्यवहारको आरोपमा मुद्दा दायर गर्न चाहान्थे ।
यस्तो कुराको खुलासा अनुष्काले गरेपछि सबै अचम्मित भए । उनी सँगै पुगेकी क्याट्रिनाले करणलाई साथ दिदैँ भनिन्, ‘हुनसक्छ तिमीलाई त्यस्तो लागेको मात्र हो ।’ त्यस्तै करणले पनि सफाई दिँदै त्यस समय आफू ठट्टा गर्दैथिए भने ।
यस विषयमा करण र अनुष्काबीच बहस नै चल्न थालेपछि क्याट्रिनाले कुराकानीलाई सुधार्दै भनिन्, ‘यसबारे हामी पछि फेरी कुराकानी गर्छौ । म तपाईहरु दुवैलाई माया गर्छु र म चाहन्न कि तपाईहरुबीच खटपट होस् ।’
यद्यपि, कुराकानीको क्रममा निर्देशक करण जोहरले ‘ऐ दिल है मुश्किल’को सुटिङका क्रममा अनुष्काप्रति मोह जागेको स्वीकारेका थिए ।
Reviewed by a
on
12:01 AM
Rating:
No comments: