Top Ad unit 728 × 90

a
Ad Inside Post

चट्टानमा दैवी शक्तिका प्रतीक देखिन थालेपछि…

म्याग्दी । म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा रहेको विशाल चट्टानमा हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने शिवलिङ्ग, शालग्राम, शङ्कचक्र, नागमणि देखिएका छन् ।
मन्दिर परिसरमा नौ रोपनी क्षेत्रफलमा फैलिएको विशाल चट्टानमा गणेशलगायतका हिन्दू र्धमशास्त्रमा नामाकरण गरिएका भगवान्का विविध रुप देखिन थालेपछि संरक्षण सुरु गरिएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्धबहादुर केसीले बताउनुभयो ।
“मन्दिर परिसरमा रहेको विशाल चट्टानमा दैवी शक्तिमा प्रतीक देखिन थालेका छन् । सबैको आकार धर्मशास्त्रमा नामाकारण गरेजस्तै छन्” उहाँले भन्नुभयो ।केसीका अनुसार सबैभन्दा बढी शिवलिङ्ग र सालग्राम भए पनि अन्यको सङ्ख्यासमेत बढ्दै जान थालेको छ
क्षेत्र विकास कोषले संरक्षणका लागि रङ लगाउनुका साथै आसपासका क्षेत्रमा खोजीकार्य समेत सुरु गरेको छ । मन्दिरमा पूजाआजा गर्न जाने भक्तजनले त्यहाँ समेत गएर पूजा गर्न थालेका छन् । मन्दिरका पुजारीका अनुसार आकार दिनप्रति दिन बढ्दै जान थालेपछि अवलोकन गर्न आउने समेत अचम्मित हुने गरेका छन् । त्यसक्षेत्रमा करिब ३० भन्दा बढी यस्ता चक्र रहेको अनुमान गरिएको छ ।
विश्वमै सबैभन्दा ठूलो चट्टानको दाबी गरिएको गलेश्वरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने पहल समेत भइरहेको छ । गलेश्वर क्षेत्रको विकासका लागि राज्य, स्थानीयका साथै प्रवासमा रहेका नेपालीले समेत सहयोग गर्दै आइरहेका छन् । रासस

चट्टानमा दैवी शक्तिका प्रतीक देखिन थालेपछि… Reviewed by a on 5:08 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.