Top Ad unit 728 × 90

a
Ad Inside Post

यो चीज मागे नाईं भन्न सक्दैनन् सलमान खान

१२ पुस, एजेन्सी।
बलिउडका सुपरस्टार सलमान खान आज ५१ वर्षका भए। उनी २७ डिसेम्बर सन १९६५ मा मध्येप्रदेशको इन्दोरमा जन्मिएका थिए। उनको पुरा नाम अब्दुल रशीद सलिम सलमान खान हो। धेरैलाई उनको पुरा नाम समेत जानकारी नहुन सक्छ। सलमानका बारेमा यस्ता कयौं जानकारी छन् जो सबैलाई जानकारी नहुन सक्छ।
सलमान खानले एक अन्तर्वातामा भनेका थिए- उनी बाल्यकालमा निकै सोझा थिए तर उनका दुइ भाई अरबाज र सोहेल खान एकदमै चकचके थिए। तीन जनाले चकचक गर्दा केही बिग्रिएमा आमाको हातबाट मात्र सलमान खानले कुटाई खान्थे किनभने उनका दुवै भाई आमा आउनु अघि नै भागि सक्थे ।
सलमान खान प्रत्येक वर्ष कम्तिमा पनि ८-१० घडीहरु साथीभाइहरुलाई गिफ्ट दिइरहेका हुन्छन्। यदी कसैले घडी मागे उनी हुन्न भन्दैनन्। यसको पछाडी उनको बाल्यकालमा घटेको एउटा घटना जिम्मेवार छ।
उनलाई सानै देखि घडी लगाउने सोख थियो। उनले एकपटक आफ्नो साथीसगं उसले लगाइरहेको घडी मागेका थिए तर उनको साथीले महंगो रोलेक्स घडी भएको भन्दै दिन मानेनन्, यसले सलमान खानलाई बिझायो। त्यसैले उनी चाहन्छन् अरु कसैलाई यस्तो निराशा भोग्न नपरोस।
पत्यार नलाग्न पनि सक्छ सलमान खानको कुनै इमेल आइडी पनि छैन्। उनी इमेलबाट कुराकानी गर्न चाहँदैनन पनि । जब यसका बारेमा उनलाई प्रश्न सोधियो उनले भने- मलाई इमलेको जरुरत नै छैन् यदी कसैलाई मसंग कुरा गर्नु परे फोन छँदैछ।
सलमान खान ट्राईजेमिनल न्युराल्जिया नामक रोगका बिरामी समेत हुन्। यो फेसियल नर्भ डिसअर्डर यो। यो रोगलाई डेथ डिजिजका नामले पनि चिनिन्छ।
सलमान खानलाई विभिन्न ब्राण्डका साबुन जम्मा गर्ने सोख छ। उनका बाथरुममा थरि थरिका साबुन छन्।
सलामान खानले चलचित्र ‘जय हो’को पोस्टर पेन्ट गरेका थिए। विभिन्न समाचारमा बताइए अनुसार सलमान खानले बनाएका केही पेन्टिङहरु अमिर खानको घरमा समेत छन्।
सलमान खानको मनपर्ने अभिनेतामा हलिउडका सिल्वेस्टर स्टेलन हुन भने मर्ने नायिका हेमा मालिनी हुन्।

यो चीज मागे नाईं भन्न सक्दैनन् सलमान खान Reviewed by a on 2:48 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.