Top Ad unit 728 × 90

a
Ad Inside Post

शिवको त्रिशुलमा भएको तीन शक्ति नै इलेक्ट्रो, प्रोटोन र न्यूट्रोन

जस्ता तीन शक्ति पुस ११, आनन्द अमृत, काठमाडौं । देवाधिदेव महादेवका नामले चिनिने भगवान शंकरलाई आशुतोष, शिवजी, भोलेनाथ, भूतेश्वर, महाकाल, सोमेश्वर, महेश आदि नामले चिनिन्छ । सबैभन्दा पहिले शिवजीलाई नाम दिने ब्रह्मा हुन् भन्ने मान्यता छ । त्यतिबेला उनले शिवलाई रुद्र, शर्व, भाव, उग्र, भीम, पशुपति, ईशान एवम् महादेव गरी ८ नामले सम्बोधन गरेका थिए ।
शिव त्यत्तिकै देवाधिदेव भएका होइनन्, हाम्रा वेदपुराणहरूमा शिवलाई कल्याणणकारी ईश्वरको स्थान दिइएको छ आइन्स्टाइनभन्दा अघि शिवले नै भनेका थिए कि कल्पना ज्ञानभन्दा बढी महत्वपूर्ण कुरा हो । हामी जस्तो कल्पना र विचार गर्छौं आफू पनि हुन्छौ ं। शिवले यही आधारमा ध्यानका थुप्रै विधि विकास गरेका थिए । यो धर्तीमा सर्वप्रथम शिवले नै जीवनको प्रचारप्रसार गरेका हुनाले उनलाई आदिदेव, आदिनाथ वा आदीश पनि भनिन्छ । शिवका न माता छन् नत पिता छन् । उनै सम्पूर्ण चराचरका पिता हुन् । उनैबाट यो सृष्टिको सिर्जना भएको हो । उनी बिना यो सृष्टिको कल्पना समेत पनि गर्न सकिन्न् ।
शिवको प्रमुख अस्त्र त्रिशूल हो जसले आध्यात्मिक, आधिदैविक एवंम् आधिभौतिकजस्ता तीन प्रकारका दःुखको विनाश गर्छ । यसमा सत्व, रज र तम वा इलेक्ट्रो, प्रोटोन र न्यूट्रनजस्ता तीन शक्ति भएको विश्वास गरिन्छ । शिवलाई आदिगुरु एवम् योगका प्रवर्तक मानिन्छ । शिवका प्रमुख शिक्षा सूत्रात्मक रूपमा विज्ञान भैरव तन्त्र नामक ग्रन्थमा पाइन्छ जुन ग्रन्थको सूत्र शिवद्वारा पार्वतीलाई प्रदान गरिएको शिक्षाको संकलन हो । यसबाहेक उनको शिव संहिता नामक महत्वपूर्ण ग्रन्थ पनि छ भने तन्त्रका अनेकौं ग्रन्थमा उनको शिक्षा विस्तार भएको छ ।
यस्ता शिवलाई ज्योतिर्लिङ्गका रूपमा पूजा गर्नु कुनै नौलो कुरा होइन । नेपाललाई शक्तिभूमि भनिन्छ र नेपालका हरेक शक्तिपीठमा शक्तिसँगै शिवको पनि पूजा हुन्छ । शक्ति सदैव शिवसँगै रहने भएकाले शिवपूजा बिना शक्तिपूजा पूर्ण हुँदैन । त्यसैले नेपालमा असंख्य शिवमन्दिर छन् । ती हरेकका आ–आफ्नै विशेषता छन् र हरेकसित छुट्टाछुट्टै रोचक किंवदन्तीहरू पनि गाँसिएका छन् ।

शिवको त्रिशुलमा भएको तीन शक्ति नै इलेक्ट्रो, प्रोटोन र न्यूट्रोन Reviewed by a on 6:36 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.