Top Ad unit 728 × 90

a
Ad Inside Post

यसरी हटाउन सकिन्छ आँखाको कालो धब्बा

एजेन्सी - शरीरमा पोषणको कमी, अनिद्रा, कमजोरी, तनाव तथा हार्मोन परिवर्तनका कारण आँखाको तल्लो भागमा कालो धब्बा (डार्क सर्कल) बस्ने गर्छ । कतिपय धब्बा वशांनुगत हुन्छन् भने केहीको घरेलु तरिकाले पनि उपचार गर्न सकिन्छ । आँखाको कालो धब्बा हटाउने केही घरेलु उपाय :
काँक्रो र कागती : काँक्रो र कागतीलाई काट्नुहोस् । दुवैलाई पिसेर पेस्ट बनाई आँखाको कालो भागमा लगाउँदा केही दिनमा हराउँछ ।
काँचो आलुलाई काटेर लेप बनाउनुहोस्, यसलाई कालो भागमा दलि १५ मिनेटपछि चिसो पानीले पखाल्नुहोस् ।
एक–एक चम्चा कागती र टमाटरको रस मिसाई आँखाको कालो भागमा मिसाई १० मिनेटपछि चिसो पानीले आँखा सफा गर्ने ।
कागतीको रस नियमित रुपमा कालो दागमा लगाइ आँखा सफा गर्ने ।
दुई वटा टि–ब्याग आधा घन्टासम्म फ्रिजमा राख्ने । त्यसपछि सो ब्यागलाई कालो घेरामा १० मिनेटसम्म राख्ने र सफा पानीले सफा गर्ने ।
गुलाब जललाई आँखा वरपर लगाई दैनिक सफा गर्ने ।
नरिवल तेलले आँखाको तल्लो भागमा मसाज गरी ५ मिनेटपछि सफा पानीले पखाल्ने ।
राती सुत्नुअघि आखाँको कालो भागमा बदामको तेल लगाई बिहान सफा गर्ने ।
सुन्तलाको बोक्राको धुलोलाई महमा मिसाएर कालो दागमा लगाई १० मिनेटपछि पखाल्ने ।
पुदिनाको पातलाई पिसेर कागतीको रस मिलाई आखाँको कालो भागमा लगाउने ।
प्याज र लसुनको रस मिसाएर कालो भागमा दली पखाल्ने ।
एक चम्चा भिजाएको मेथीलाई पिनेर त्यसमा बेसार र दुध मिसाई आँखाको कालो भागमा दल्ने र १० मिनेटपछि पानीले सफा गर्ने ।

यसरी हटाउन सकिन्छ आँखाको कालो धब्बा Reviewed by a on 6:23 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.