Top Ad unit 728 × 90

a
Ad Inside Post

चीनले गर्यो तिन करोड नेपाली खुसि बनाउने निर्णय: सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारि सहितको टोलीलाई चीनमै बोलाएर सुनायो तातोपानी नाका खोल्ने निर्णय

भूकम्पपछि बन्द रहेको नेपाल र चीन जोड्ने तातोपानी नाकालाई चिनियाँ पक्षले चाँडै खुलाउने आश्वासन दिएको छ । नेपाल चीन दुईपक्षीय सीमा बैठक सकिएको एक साता पनि नबित्दै चिनियाँ उच्च अधिकारीको टोलीले नेपाली पक्षलाई आफ्नै भूमीमा बोलाएर तातोपानी नाका छिटो सञ्चालन गर्ने तयारीमा रहेको जानकारी गराएको हो ।
यसअघि पुस ६ गते सीमा जोडिएका जिल्लाका सुरक्षा अधिकारी र चीनको नेलामा स्थित सुरक्षा अधिकारीहरुबीच सीमा बैठक सिन्धुपाल्चोकमा सम्पन्न भएको थियो । मंगलबार सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीसहितका टोलीलाई चिनियाँ पक्षले खासामा बोलाएर तातोपानी नाका चाँडै खुलाउन लागेको संकेत दिएको हो ।
मंगलबार भएको दुइ देशका अधिकारीहरुको बैठकमा तिब्बतका उच्च अधिकारीहरुले भुकम्प र भोटेकोशीको बाढीका कारण भौतीक संरचनामा क्षती पुगेकाले मात्रै नाका सञ्चालन नभएको प्रष्ट पारेका थिए । तातोपानी नाका खुल्ने कुराबाट उत्साहित भएका सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवालले आफूहरु नाका खुल्नेका ढुक्क रहेको बताए । ‘म उनान्सय प्रतिशत ढुक्क छु , नाका चाँडै खुल्नेछ त्यो पनि मेरो कार्यकालमा नै’, बैठक सकेर सदरमुकाम चौतारामा आइपुगेका सिलवालले पत्रकारहरुसँग भने ।
खासा बैठकमा तिब्बतका बोर्डर कन्ट्रोलका कमाण्डर गाओ वानहा सहितका उच्च अधिकारीहरु सहभागी थिए । चिनियाँ पक्षले एक अर्काे मुलुकको भौगोलिक अखण्डतामा आँच आउन नदिन सुरक्षा सर्तकतामा जोड दिएको प्रमुख जिल्ला अधिकारी सिलवालले बताए । चिनियाँ पक्षले सीमा क्षेत्रमा हुने अपराधिक क्रियाकलाप र चीन विरुद्ध हुने गतिविधि रोक्न नेपाललाई आग्रह गरेको थियो । ‘नेपालको एक चीन नीतिप्रति ढुक्क रहन र सुरक्षा संवेदनशिलता कायम राख्न नचुक्ने कुरा विश्वस्त पार्र्र्यौै’, सिलवालले भने । भुकम्पले क्षतविक्षत बनाएको लिपिङ देखि खासासम्मको सडकलाई सुधार गर्नेकाम तिव्रताका साथ चलेको र संरचना मजबुत हुनासाथ नाका सुचारु गर्ने पक्षमा चिनियाँ अधिकारीहरु रहेका छन् ।
भुकम्प र भोटेकोशी बाढी पहिरोपछि ध्वस्त भएको नेपाल तर्फको सडक निर्माण कार्यको जिम्मा पनि चिनियाँ पक्षले नै पाएको थियो । ‘सबैभन्दा समस्या जुरेमा थियो,जुरे अब पहिलोको भन्दा राम्रो भइसकेको छ’, सिलवालले भने ‘लिपीङदेखि १० किलोसम्म पनि चिनियाँहरुले सडक निर्माण कार्यलाई तिव्रता दिइरहेका छन् ।’

चीनले गर्यो तिन करोड नेपाली खुसि बनाउने निर्णय: सिन्धुपाल्चोक प्रमुख जिल्ला अधिकारि सहितको टोलीलाई चीनमै बोलाएर सुनायो तातोपानी नाका खोल्ने निर्णय Reviewed by a on 5:55 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.