Top Ad unit 728 × 90

a
Ad Inside Post

कार्यकालको अन्तिम समयमा किन रोए ओबामा?

वाशिंटन–अमेरिकी राष्ट्रपति बराक ओबामाको कार्यकाल अब केही दिनमात्र बाँकी छ। आफ्नो कार्यालयको अन्तिमका ओबामाले केही समय अगाडि आफ्ना सिनियर स्टाफकालागि एउटा पार्टीको आयोजना गरेका थिए। सो पार्टीमा ओबामा निकै भावुक भने। ओबामाले एक अन्र्तवार्ताका क्रममा सो पार्टीमा आफू रोएको बताए। जव पार्टी सुरु भयो तब ओबामाका आँखाबाट आशु झर्न थाले।
सो पार्टीमा ओबामा करिव चार मिनेटसम्म रोएका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चार मिनेटसम्म ओबामा रुने अरु हेर्नेमात्र काम भयो। त्यसपछि ओबामाले आफूँलाई सम्हाले र पार्टी सुरु भयो। ओबामा पहिला अफ्रिकी–अमेरिकी राष्ट्रपति थिए।
‘मलाइ यस्तो अनुभव हुन थालेको छ, कुनै बन्धन टुट्न लागेको छ,’ ओबामाले भने। आफू राष्ट्रपति पदका कायम रहुन्जेल मुलुकभित्रका प्रतिभालाई अगाडि लैजान सहयोग गर्ने बताए। आफ्नो कार्यकालमा ओबामाले धेरै देशमात्र होइन धेरै आफ्ना कर्मचारीको पनि मन जिते।
ओबामाले सो कार्यक्रममा राष्ट्रपति बन्न आफूलाई फेरि मौका मिल्ने हो भने पुन निर्वाचित हुने र त्यसकालागि तयार रहेको बताएका थिए। तर अमेरिकी संविधान अनुसार कुनै पनि व्यक्ति दुई कार्यकाल भन्दा बढी राष्ट्रपति बन्न पाउँदैनन्।

कार्यकालको अन्तिम समयमा किन रोए ओबामा? Reviewed by a on 11:46 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.