Top Ad unit 728 × 90

a
Ad Inside Post

गौहत्याको विरोधमा मध्यपश्चिम बन्द, बन्दकर्तालाई प्रहरीले उठबस गरायो

१२ पुस, दाङ । कैलालीमा गाई गोरुको सामूहिक हत्या भएको भन्दै हिन्दुवादी संगठनहरुले मध्यपश्चिमाञ्चल बन्द गराएका छन् । बन्द गराउँदै हिँडेका एकजनालाई दाङ प्रहरीले कान समातेर उठबस गराएको छ ।
गत बुधबार कैलालीको गोदावरी गाविसको भ्यागुते भन्ने स्थानमा दुई दर्जनभन्दा बढी गाईगोरु मरेको अवस्थामा फेला परेका थिए । त्यसको छानविन र दोषिलाई कारवाहीको माग गर्दै विभिन्न हिन्दू संगठनहरुले मंगलबार एक दिन मध्यपश्चिमाञ्चल बन्द गराएका हुन् । उनीहरुले आइतबार सुदूरपश्चिम बन्द गराएका थिए ।
बन्दका कारण दाङ सदरमुकाम घोराहीमा बजार पसल खुलेका छैनन् । सार्बजनिक यातायातका साधन पनि ठप्प भएका छन् । मोटरसाइकल र रिक्सा भने चलिरहेका छन् ।
दाङमा बन्दकर्ताहरु मंगलबार बिहानै बजार पसल बन्द गराउँदै हिँडेका थिए । तिमध्ये एकजनालाई दाङको शहीद गेट नजिकै प्रहरीले नियन्त्रणमा लियो र सजायस्वरुप कान समातेर उठबस गर्न लगायो ।
प्रहरीले उठबस गराएको तस्वीर सामाजिक सञ्जालमा भाइरल भएको छ । यसअघि बिभिन्न राजनीतिक दलहरुले बन्द गराउँदै केही पनि नगर्ने प्रहरीले आज हिन्दुवादीहरुलाई सार्बजनिक स्थानमा सजाय दिएको भन्दै केही व्यक्तिले प्रहरीको आलोचना पनि गरेका छन् ।
नरेन्द्र पुनले फेसबुकमा लेखेका छन्, ‘कस्तो अचम्म विगतमा विप्लव कमरेडका नेता र कार्यकर्तालाई देखिनसक्ने प्रशासन । अस्ति भर्खर एमालेले बन्द गर्दा केही गरेन । आज हिन्दुवादी र राष्ट्रवादीले बन्द गर्दा चाहिँ धरपकड । जताततै पक्राउ । हैन देश नै अहिन्दुवादी र अराष्ट्रवादीकै हातमा गएको हो त ?’
दाङ प्रहरीले घोराहीबाट मंगलबार बिहान ७ जना र सोमबार साँझ ६ जनालाई नियन्त्रणमा पनि लिएको छ ।

गौहत्याको विरोधमा मध्यपश्चिम बन्द, बन्दकर्तालाई प्रहरीले उठबस गरायो Reviewed by a on 11:51 PM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.