Top Ad unit 728 × 90

a
Ad Inside Post

बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर !

पुस १२, काठमाडौं । राहदानी विभागले मोबाइल एपबाटै आवेदन दिने व्यवस्था मिलाउने भएको छ ।
आगामी सातापछि एन्ड्रोइड मोबाइल प्रयोगकर्ताहरुले प्ले-स्टोरमा गएर ‘नेपाली पार्सपोर्ट’ एप्स डाउनलोड गर्न सक्नेछन् । उक्त एपलाई इन्स्टल गरेर ओपन गरेपश्चात राहदानीका लागि आवेदन फार्म भेटिने मन्त्रालयले जनाएको छ ।
उक्त एप प्रयोगमा ल्याउनका लागि अन्तिम तयारी भईरहेको विभागका सुचना अधिकारी रामप्रसाद सुवेदीले जानकारी दिए । त्यसपछि आवेदन कर्ताले अनलाइन फार्ममा जस्तै सम्पूर्ण विवरण मोबाइलबाटै भर्न सक्नेछन् ।
विवरण भरे लगत्तै एपबाटै भरिएको विवरणमा औँठाछाप लगाउने, प्रत्यक्ष फोटो खिच्ने र हस्ताक्षर गर्नका लागि समय र बारकोड नम्बर प्राप्त हुन्छ । त्यसलाई सुरक्षित राखेर हस्ताक्षर, फोटो खिचाउन तोकिएको समयमा राहदानी विभाग पुग्नुपर्ने हुन्छ । यसअघि सुरु गरेको अनलाइनबाट राहदानीका लागि आवेदन दिने व्यवस्था प्रभावकारी भएकाले यो व्यवस्था सुरु गर्न लागिएको विभागले जनाएको छ ।

बैदेशिक रोजगारीमा जानेहरुका लागि खुशीको खबर ! Reviewed by a on 7:58 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.