धनी हुने काइदा यस्तो छ::जानकारीको लागि पूरा पढ्नु होस
-डा. बाबु राम ज्ञवाली
अर्थशास्त्रले धन खर्च गर्दा सामाजिक मानिसले ध्यानमा राख्नु पर्ने एक महत्त्वपूर्ण कुरालाई बेवास्ता गर्ने गरेको छ । यस कुरालाई गायत्री मन्त्रको पहिलो पद तत्सवितुर्मा रहेको
चौथो अक्षरको व्याख्या गर्दै गायत्री तीर्थका संस्थापक पं.श्रीराम शर्मा आचार्यले धनको वास्तविक उपयोगबारे व्यापक प्रकाश पार्दै भन्नु भएको छ।
धनवान् कसरी हुने? :-
वित्त शक्तातु कर्तव्य उचिताभाव पूर्तयः ।
न तु शक्त्या न या कार्य दर्पोद्धात्य प्रदर्शनम् ।।
धन उचित अभावको पूर्तिका लागि हो, त्यसबाट अहंकार र अनुचित कार्य गर्नु हुंदैन ।
१.धन उपार्जनको ठीक तरीका
आफ्ना र अरुका उचित आवश्यकताहरुको पूर्तिका लागि धनको आवश्यकता पर्छ । शरीर, मन, बुद्धि र आत्माको विकासका लागि, सांसारिक उत्तरदायित्व पूरा गर्नका लागि धनको उपयोग हुनु पर्दछ र यसैका लागि धन कमाउनु पर्दछ ।
धन कमाउने उचित तरीका के हो भने त्यसमा मनुष्यको शारीरिक र मानसिक श्रम लागेको होस्, अरुको हक अपहरण नगरिएको होस् । कुनै चोरी छल, प्रपञ्च, अन्याय, दबाव आदिको प्रयोग नगरिएको होस् । समाज र राष्ट्रको कुनै अहित नहोस् ।
यस्तो कमाईले उपार्जित पैसा बढ्छ र त्यसले मानिसको सच्चा उन्नति हुन्छ ।
जसरी धनको उपार्जनमा त्यसको औचित्यलाई ध्यानमा राख्नु पर्छ, त्यसै गरी खर्च गर्नमा र उपयोगमा पनि सावधान रहनुपर्छ । आफ्नो र आफ्ना परिजनहरुको आवश्यक विकासका लागि धनको उपयोग गर्नु नै कर्तव्य हो । रवाफ देखाउन वा दुव्र्यसनहरु सन्तुष्ट गर्न धन लगाउनु मानिसको अवनति, अप्रतिष्ठा र दुर्दशाको कारण बन्न जान्छ ।
आफ्नो उचित शारीरिक, मानसिक, आत्मिक र सांसारिक आवश्यकताहरुको उपेक्षा गरेर जुन मानिसहरुले अधिकाधिक धन एकट्ठा गर्ने तृष्णामा डुबिरहन्छन् र सातपुस्ताकालागि अमीरी छोडेर जान चाहन्छन् उनीहरुले बिराएका छन् । सित्तैको धन पाउनाले आगामी सन्तान अल्छी व्यसनी, अपव्ययी तथा अन्य खराबीको शिकार हुन सक्छ । जसले जुन पैसालाई पसीना चुहाएर कमाएको छैन उसले त्यस पैसाको मूल्यांकन गर्न सक्दैन । छोराछोरीहरुलाई सम्पत्ति छोडेर जानुभन्दा उनीहरुलाई सुशिक्षित स्वस्थ र स्वावलम्बी बनाउनमा खर्च गर्नु अधिक उत्तम हुन्छ ।
२.धनको तिर्सनाबाट जोगिनु
धन कुनै खराब चीज होइन । र खासगरी वर्तमान समयमा दुनियांको स्वरुप यस्तो भइसकेको छ कि बिना धन मनुष्यको जीवन निर्वाह हुन सक्दैन, तर धन त्यसबेला मात्रै शुभ र हितकारी हुन्छ जबसम्म त्यसलाई ईमानदारीका साथ कमाइन्छ । अनि त्यसको सदुपयोग गरिन्छ । यसको विपरीत यदि हामीले धन कमाउन र चारैतिरबाट बटुलेर त्यसलाई तिजोरीमा थुपार्ने कामलाई मात्रै आफ्नो लक्ष्य बनाइदिन्छौ. वा यो ठान्छौ. कि आफ्नो पैसाको जेजस्तो उपयोग गरे पनि हुन्छ, र त्यसलाई दुव्र्यसनहरुमा लगाउ“छौं भने त्यो हामीलाई अभिशाप बन्न पुग्छ ।
यस्तो मानिसले आफ्नो पतन निम्त्याउंछ साथै अरुमानिसकहरुलाई उनको उचित अधिकारले वंचित गरेर उनीहरुकालगि पनि विपत्तिको कारण बन्छ । तर अचेल के देखिन्छ भने जो बढी बाठो छ जो अलिकति बढी शक्ति भएको छ उसले के काेिशस गर्छ भने संसारको बढीभन्दा बढी सुखभोगको सामग्री मेरो कब्जामा आइजाओस् । आफ्नो यस वासनालाइ पूरा गर्न उसले आफ्ना छिमेकीका अधिकारहरु उपर हमला गर्छ र उनको हातको रोटी, मुखको गास खोसेर धन जम्मा गर्छ ।
एक जना धनी बन्नुमा अनेकौं मानिसको क्रन्दन, रुवाई, अनेकको शोषण, र अनेकको अपहरण भएको हुन्छ । एक अग्लो घर बनाउंदा थुप्रै माटो लाग्छ । र जहां जहांबाट त्यो माटो खनेर निकालिएको हुन्छ त्यहां त्यहां खाल्टो पर्ने निश्चित छ । यस संसारमा जति प्राणी छन् त्यसै हिसाबले परमात्माले वस्तुहरु उत्पन्न गरेका हुन्छन् । यदि एकजनाले आफुलाई चाहिनेभन्दा बढी वस्तु थुपार्छ भने यसको अर्थ के हो भने अरुअरुको जरुरी चीजको अपहरण भएको छ । गत महायुद्धहरुमा सरकारहरुले तथा पूंजीपतिहरुले अन्नको अधिकाधिक स्टक जम्मा गरे पछि अरुअरु ठाउंमा अन्नको कमी हुन गएको थियो । र बंगाल जस्ता स्थानहरुमा लाखौं मानिस भोकमरीले मर्नुपर्यो । गतः शताब्दीमा ब्रिटेनको धन सम्पन्नता भारत जस्तो पराधीन देशहरुको दोहनबाट भएका हो ।
जुन जुन देशहरुको शोषण भयो उनीहरु बिचरा दीनहीन, गरीबी, बेकारी, भोकमरी र बीमारीले तबाह भइरहेका थिए ।
संसारमा त्यतिनै वस्तुहरु छन् जसबाट सबले समानरुपले सुखपूर्वक गुजारा गर्न सकुन् । एक व्यक्ति मालदार हुनजान्छ भने यो हुनै सक्दैन कि अरु कैयौंलाई गरीब हुन नपरोस् । यस सामान्य सत्यलाई हाम्रँ पुरखाहरुले राम्ररी बुझेका थिए ।
त्यसैले उनीहरुले मानवधर्ममा अपरिग्रहलाई महत्वपूर्ण स्थान दिए । वस्तुको ज्यादै कम संग्रह गर्नु यो वैदिक सभ्यताको आदर्श थियो । ऋषिगण कमभन्दा कम वस्तुले काम चलाउंथे ।
उनीहरु कौपीन लगाएर खरको छानामुनि बसोबास गर्थे । जनकजस्ता राजाले आफ्ना हातले आफैं खेती गरेर आफ्ना परिवारको निर्वाहकालागि अन्न कमाउने गर्थे । प्रजाको सामूहिक धन राज्यकोषमा केवल प्रजाको काममा मात्र खर्च हुन्थ्यो । व्यापारीहरुले आफुलाई जनताका धनको ट्रष्टी मान्दथे र मौका पर्दा त्यस धनलाई बेझिझक जनतालाई सुम्पिदिन्थे ।
No comments: