Top Ad unit 728 × 90

a
Ad Inside Post

मेनपावर व्यवसायीको ठगि गर्ने नया काइदा: “कामदार संग लाखौ लिने र धम्क्याउदै १० हजार मात्र लिएको भिडियो बनाउने”

काठमाडौं । “ल यो तपाईँको टिकट, अब विदेशमा गएर पैसा छाप्ने हो …. । अब अहिले सरकारले एउटा कुरा गर्छ, हामीले त्योअनुसार काम गर्न सकिँदैन । तपाईंहरुले राम्रो काम गर्ने हो भने आपसी समझदारीअनुसार भएको कुरा गर्नुपर्छ । ल भन्नुस्, …यो भएन भने त तपाईंहरुलाई फर्काइदिन्छ नि फेरि..”
साउदी अरबका लागि एउटा कामदारले न्यूनतम ८५ हजार रुपैयाँ तिरेपछि म्यानपावर एजेन्सीले सबै प्रक्रिया सकेर अन्तिममा एउटा नयाँ र अन्तिम प्रक्रिया सुरु गर्छ । त्यो प्रक्रिया हो, आफ्नो पक्षको प्रमाण सुरक्षित गर्नु । मोबाइलबाट भिडियो क्यामेरा खोल्छ र भन्न लगाउँछ, “सरकारी नियम कानुनअनुसार मैले म्यानपावरलाई १० हजारभन्दा बढी पैसा तिरेको छैन । साउदी अरब आफ्नै खुसी मर्जीले जाँदैछु । मेरो सेवा सुविधा ……हुनेछ, जसमा म राजी छु ।”
कामदारका रूपमा विदेश पठाउने नेपाली म्यानपावर एजेन्सीहरूले यस्तो नयाँ आइडिया सुरु गरेका छन्, जसले उनीहरूको पक्षमा प्रमाण मजबुत बनाउँछ र कामदारको पक्षमा कमजोर । एजेन्टसँगको साँठगाँठमा म्यानपावर कम्पनीले सरकारको आँखामा छारो हाल्ने र कामदारसँग चर्को शुल्क असुल्ने गरेका छन् । सरकारी नियम र ऐनअनुसार १० हजार रुपैयाँ सेवा शुल्कमात्र लिएर कामदार पठाउन नसकिने भएकाले आफ्नो पक्षमा प्रमाण बलियो बनाउन म्यानपावर कम्पनीले नयाँ जुक्ति निकालेका हुन् ।
सुनसरीका विवेक राईको भिसा एक्सप्रेस फुड कम्पनीको नाममा आयो । उनले ८५ हजार नगद म्यानपावर कम्पनीलाई बुझाए । टिकट दिनुभन्दा एक दिनअघि उनीहरुलाई यस्तै एउटा भिडियो सुटिङ गर्न लगाइयो, जसमा आफू राजीखुसी विदेश जान लागेको र म्यानपावरबाट नठगिएको आशयको डाइलग राखियो ।
विवेकको तलब साउदी रियल एक हजार र ‘कम्पनी फुड’ भनिएको थियो । ‘बेसिक आवर’ ८ घण्टा भनिएको थियो । उनले एक हजार तलब त पाए, तर खाना भने आफ्नै पैसाले खानुपर्ने भयो । कम्तीमा पनि ९ घण्टा काम गर्नुपर्ने बाध्यता भयो । राई भन्छन्, “यहाँ काम ‘हार्ड’ छ, एग्रिमेन्टमा भनेअनुसार छैन । दुई वर्षभन्दा पहिला घर फर्किनुपर्यो भने २४ महिनाको तलब र भिसाको पैसा कम्पनीलाई बुझाउनुपर्छ रे ।” म्यानपावरले एजेन्टसँग ‘सेटिङ’ गरेर पैसा खाने गरेको उनको दाबी छ । भन्छन्, “पैसा लिइसकेपछि म्यानपावरले भिडियो बनाएको छ । बढी पैसा लिएको छैन भन्नु भनेर ।”
दाङका शरद जीएम पनि त्यसै गरी साउदी अरब गए । उनले पनि म्यानपावरलाई ८५ हजार तिरे । साउदीबाटै बाह्रखरीसँग कुरा गर्दै भन्छन्, “कामको बारेमा भन्ने हो भने हामी फुड प्याकेजिङमा हो । तर, हामीलाई यता सबै काम गर्नुपर्छ । ट्वाइलेटसम्म सफा गर्नुपर्छ ।” म्यानपावर कम्पनीहरूले एउटा कामका लागि भनेर पठाउँछन् । तर, त्यसको टुंगो हुँदैन ।
दुई महिनाअघि काठमाडौंको साउनलाइन म्यानपावर कम्पनीबाट ४४ जना साउदी अरबका लागि उडे । सबैले ८५ हजारका दरले दलालमार्फत एजेन्सीलाई पैसा बुझाए । उनीहरूसँग पैसा बुझाएको प्रमाण छैन । तर, नबुझाएको प्रमाण भने म्यानपावरले राखेको छ । शरद भन्छन्, “पैसा कमाउन भनेर विदेश आइयो, त्यो पनि आफ्नै देशमा ठगिएर । त्योभन्दा दुर्भाग्य यहाँ विदेशमा छ, भनेअनुसारको काम छैन, नेपाली दाजुभाइलाई त म यस्ता देशहरूमा नआउनु नै भन्छु ।”

मेनपावर व्यवसायीको ठगि गर्ने नया काइदा: “कामदार संग लाखौ लिने र धम्क्याउदै १० हजार मात्र लिएको भिडियो बनाउने” Reviewed by a on 5:32 AM Rating: 5

No comments:

All Rights Reserved by Sarwajanik News © 2014 - 2015
Designed by JOJOThemes

Contact Form

Name

Email *

Message *

Powered by Blogger.